सेयर बजार स्थिर, ३५ करोडको कारोबार

सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.४६ अङ्कले घटेर १३३९.१९ अङ्कमा रोकिएको छ । त्यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने ‘सेन्सेटिभ इन्डेक्स’ पनि ०.०४ अङ्कले घटेर २८२.२६ अङ्कमा थामिएको छ ।

आज आइतबार सेयर बजार स्थिर देखिएको छ । गत साता नै प्रायः स्थिर रहेको बजार आइतबार खुल्नासाथ केही सकारात्मक देखिएपनि कारोबार बन्द हुँदा भने स्थिरजस्तै रह्यो । सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.४६ अङ्कले घटेर १३३९.१९ अङ्कमा रोकिएको छ । त्यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने ‘सेन्सेटिभ इन्डेक्स’ पनि ०.०४ अङ्कले घटेर २८२.२६ अङ्कमा थामिएको छ ।

आइतबार कारोबार रकममा भने केही सुधार देखिएको छ । आज तीन हजार ९ सय ५६ कारोबारबाट ७ लाख ६९ हजार ३ सय ३ कित्ता सेयर खरिद विक्री भई ३४ करोड ८२ लाख ९८ हजार ३ सय २३ रुपैयाँको कारोबार भयो । गत साताको अन्तिम दिन विहीबार २८ करोड ५४ लाख ५५ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।

कारोबार सुरु हुँदा सामान्य बढेको बजार भने विस्तारै घटेको हो । कारोबारकै केही समयमा नै बजार हरियाली हुँदै १३५६.७४ अङ्कमा चढेपनि कारोबारको अन्तिम समयसम्म अधिकांश समूह राताम्मे भए । गत साताको अन्तिम दिन बिहीबार नेप्से १३३९.६५ अङ्कमा रोकिएको थियो ।

आज कारोबार भएका जम्मा नौ समूहमध्ये चार ओटा समूह बढेका छन् भने पाँच ओटा समूह घटेका छन् । बढ्ने समूहमा विकास बैङ्क १.०३, जलविद्युत् ०.८४.१३, बिमा १९.७६ तथा लघुवित्त ७.९ छन् । यसैगरी घटेका समूहमा बैङ्किङ १.७८, होटल १९.५५, फाइनान्स ०.०२ तथा अन्य ०.३२ अङ्कले घटेका छन् ।