साताको पहिलो दिन आइतबार १३३९.१९ अङ्कमा रोकिएको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार २.०६ अङ्कले घटेर १३३७.१३ अङ्कमा ओर्लिएको छ । सेयर बजार सूचक दोस्रो दिन पनि झरेको हो ।
कम्युनिस्टहरुको एकमना सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको नीति तथा कार्यक्रम आउनुअघि सेयर बजार भने राताम्मे देखिएको छ । भलै बजार सुरुमा केही बढ्ने सङ्केत गरेर मध्यतिर घट्दै गएपनि अन्तिम समयमा फेरि सम्हालिएको छ ।
साताको पहिलो दिन आइतबार १३३९.१९ अङ्कमा रोकिएको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार २.०६ अङ्कले घटेर १३३७.१३ अङ्कमा ओर्लिएको छ । सेयर बजार सूचक दोस्रो दिन पनि झरेको हो ।
आइतबार ०.४६ अङ्कले झरेको थियो । सोमबार सुरुमा परिसूचक बढ्ने सङ्केत गर्दै १३४०.३२ अङ्कसम्म चढेको थियो । तर, त्यो धेरै बेर टिक्न सकेन र बजार १३३२.२७ अङ्कसम्म झ¥यो । बजार झराइको रफ्तार पनि फेरि रोकियो र कारोबार बन्द हुँदा १३३७.१३ अङ्क कायम भयो । सोमबारको कारोबारको चित्रले डाडु आकार बनाएको छ । यसको अर्थ सरकारको सोमबार आउने सरकारको नीति तथा कार्यक्रमपछि बजार माथी चढ्ने सम्भावना दर्शाएको छ । त्यसका लागि सेयर लगानीकर्ताको मनोबल प्रभावित हुने गरी नीति तथा कार्यक्रम आएमा मङ्गलबार बजार माथी जाने सम्भावना अधिक छ । तर, नीति तथा कार्यक्रम र जेठ १५ मा आउने बजेटलाई भजाएर केही लगानीकर्ता बजारमा चलखेल गर्न पनि सक्छन् । यसतर्फ भने लगानीकर्ता सचेत रहनुपर्छ ।
सोमबार नेप्सेमा वर्गीकृत उपसूचकहरुमध्ये बैङ्किङ ३.४३, विकास बैङ्क ६.३, जलविद्युत् ७.२९, वित्त ०.५७ र बिमा ७६.४५ अङ्कले झरेपछि त्यसको असर समग्र नेप्सेमा परेको हो । तर, होटल ११.२७, उत्पादनमूलक ८.३९, अन्य ४.८१ र लघुवित्त ३५.८२ अङ्कले बढेपनि समग्र नेप्से वृद्धिमा सहयोग गर्न सकेन ।
सोमबार ३ हजार ९ सय ३८ कारोबारट ८ लाख ७ हजार ५ सय ३३ कित्ता सेयर किनबेच भई ३५ करोड ५४ लाख ५० हजार ७ सय ९० रुपैयाँबराबरको सेयर खरिद विक्री भएको छ । यो कारोबार रकम आइतबारको भन्दा सामान्य हिसाबले बढी हो ।
आइतबार ३ हजार ९ सय ५६ कारोबारबाट ७ लाख ६९ हजार ३ सय ३ कित्ता सेयर किनबेचबाट ३४ करोड ८२ लाख ९८ हजार ३ सय २३ रुपैयाँबराबरको कारोबार भएको थियो ।