दोहोरो अङ्कको आर्थिक वृद्धि

सरकारले आगामी आर्थिक वर्षमा दोहोरो अङ्कको नजिकको आर्थिक वृद्धि हासिल गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्न हरसम्भव उपायहरु अवलम्बन गरिने उल्लेख गरेकी छन् । उनले आगामी ५ वर्षभित्र दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्न आगामी दिन केन्द्रित हुने बताएकी हुन् । चालू आर्थिक वर्षमा ५.८९ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ । उनले १० वर्षमा मध्यमस्तरको आयको मुलुकमा रुपान्तरण गरिने पनि बताईन् ।

राष्ट्रिय आयको ठूलो हिस्सा समानताका आधारमा खर्च गरी समानुपातिका विकासको अवधारणा अगाडि बढाइन उनको भनाइ छ । राष्ट्रपतिले सुरुमै सरकारले थिङ्क ट्याङ्क बनाई उसको सुझावका आधारमा सरकार अघि बढ्ने जानकारी दिइन् ।