दीपकराज जोशी प्यासाफिक (पाटा)को गभर्नमेन्ट डेस्टिनेसन बोर्डको अध्यक्षमा सर्वसम्मत

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशी प्यासाफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को गभर्नमेन्ट डेस्टिनेसन बोर्डको अध्यक्षमा सर्वसम्मत चयन भएका  छन् । उनले भने-पर्यटनको स्थायित्व लाभको साझेदारी र पर्यटनका गन्तव्यहरुको साझा हेरविचारबाट सम्भव हुने पनि बताए । दक्षिण कोरियाको वाङहोङमा भएको पाटाको साधारणसभामा एसिया प्यासफिक क्षेत्रका ९५ सरकारी, सहरी पर्यटन संस्था, २५...

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशी प्यासाफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को गभर्नमेन्ट डेस्टिनेसन बोर्डको अध्यक्षमा सर्वसम्मत चयन भएका  छन् ।

उनले भने-पर्यटनको स्थायित्व लाभको साझेदारी र पर्यटनका गन्तव्यहरुको साझा हेरविचारबाट सम्भव हुने पनि बताए । दक्षिण कोरियाको वाङहोङमा भएको पाटाको साधारणसभामा एसिया प्यासफिक क्षेत्रका ९५ सरकारी, सहरी पर्यटन संस्था, २५ बढी अन्तर्राष्ट्रिय एयरलाइन्स र एयरपोर्ट, १०८ अस्पिटालिटी संस्था, ६५ बढी शैक्षिक संस्थाहरु छन् ।

पाटामा नेपालको आबद्धताको पाँच दशकपछि कमिटीको अध्यक्षता गर्ने पहिलो नेपाली भएका छन् । अध्यक्ष भएपछि  दीपकराज जोशीले भने यो अवसरलाई सम्पूर्ण सदस्य राष्ट्रहरु विशेषत नेपालको पर्यटनको गुणात्मक बृद्धिका लागि आफू लागि पर्ने बताए ।