नीति तथा कार्यक्रमलाई रातो झन्डा, कारोबार रकममा भने वृद्धि

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मङ्गलबार ४.३१ अङ्कले घटेर १३३२.८२ अङ्कमा रोकिएको छ । यद्यपि कारोबारको सुरुआतमा बजार बढ्ने सङ्केत देखिएपनि त्यसले निरन्तरता पाउन सकेन र बजार अन्तिम अवधिसम्मै घटिरह्यो । सोमबार २.०६ अङ्कले घटेर १३३७.१३ अङ्कमा रोकिएको थियो । सेयर बजार सूचक लगातार तेस्रो दिन पनि झरेको हो ।

नेपालको सेयर बजारले कम्युनिस्टहरुको एकमना सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमलाई रातो झन्डा देखाएको छ । खासगरी नीति तथा कार्यक्रममा सेयर बजारसँग सम्बन्धित विषयवस्तु खासै नसमेटिएपछि लगानीकर्ता निरास देखिएका हुन् । यद्यपि बजारले ठूलो फड्को मारेन ।

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मङ्गलबार ४.३१ अङ्कले घटेर १३३२.८२ अङ्कमा रोकिएको छ । यद्यपि कारोबारको सुरुआतमा बजार बढ्ने सङ्केत देखिएपनि त्यसले निरन्तरता पाउन सकेन र बजार अन्तिम अवधिसम्मै घटिरह्यो । सोमबार २.०६ अङ्कले घटेर १३३७.१३ अङ्कमा रोकिएको थियो । सेयर बजार सूचक लगातार तेस्रो दिन पनि झरेको हो ।

सोमबार आएको नीति तथा कार्यक्रममा सेयर बजारबारे ‘पुँजी बजार गतिशील बनाउने’ मात्र उल्लेख छ । त्यसका लागि छरिएर रहेका पुँजीलाई एकीकृत गर्दै परिचालन गर्ने नीति तथा कार्यक्रममा समावेश छ । त्यसैगरी वित्तीय सुशासनलाई कडाइ गर्दै आन्तरिक स्रोत परिचालन गर्ने र सम्पत्ती शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलाप विरुद्ध पनि कठोर नीति अवलम्बन गर्ने सङ्केत गरेको छ । नीति तथा कार्यक्रममा नियामकहरु नेपाल राष्ट्र बैङ्क, नेपाल धितोपत्र बोर्ड, बिमा समिति जस्ता निकायलाई बलियो बनाउने तथा क्षमता बढाउने र वित्तीय पहुँच बढाउदै पाँच वर्षभित्र सबै नेपालीको बैङ्क खाता खोल्ने योजना समावेश छ । सरकारका यस्ता कार्यक्रमलाई सेयर लगानीकर्ताले खासै महत्व दिएको देखिएन ।

सोमबार नेप्सेमा वर्गीकृत उपसूचकहरुमध्ये बैङ्किङ ४.१४, विकास बैङ्क ७.२, जलविद्युत् ३.९३, वित्त १.५६, बिमा २४.४५ र अन्य समूह ५.३५ अङ्कले झरेपछि त्यसको असर समग्र नेप्सेमा परेको हो । तर, होटल २.९३, उत्पादनमूलक ५.८५, र लघुवित्त ५.३५ अङ्कले बढेपनि समग्र नेप्से वृद्धिमा सहयोग गर्न सकेन ।

मङ्गलबार कारोबार रकममा भने वृद्धि भएको छ । मङ्गलबार ३ हजार ८ सय ८३ कारोबारबाट १० लाख ५८ हजार ७५ कित्ता सेयर खरिद विक्री भई ५३ करोड ८३ लाख ७४ हजार १ सय ८४ रुपैयाँबराबरको कारोबार भएको छ । त्यसमध्ये १९ लाख ३० हजार ८ सय २१ रुपैयाँबराबरको म्यानुअल कारोबार रहेको छ । सोमबार ३ हजार ९ सय ३८ कारोबारट ८ लाख ७ हजार ५ सय ३३ कित्ता सेयर किनबेच भई ३५ करोड ५४ लाख ५० हजार ७ सय ९० रुपैयाँबराबरको सेयर खरिद विक्री भएको छ ।