श्रीले राजविराज उडान भर्ने, बुधबार ‘टेस्ट फ्लाइट’

हेलिकोप्टर क्षेत्रमा ख्याति कमाएको श्री एयरलाइन्सले बुधबारबाट राजविराज एयरपोर्टमा ‘टेस्ट फ्लाइट’ गर्ने भएको छ । हवाइ क्षेत्रमा आक्रामक बन्दै आएको श्रीले विराटनगर, भद्रपुर, धनगढी, नेपालगन्ज, भैरहवामा व्यावसायिक उडान गरिरहेको छ । निकट भविष्यमै सप्तरीको राजविराजमा पनि व्यावसायिक उडान भर्ने योजना बनाएको छ ।

व्यावसायिक उडान भर्नुभन्दा पहिले श्रीले टेस्ट फ्लाइट गर्न लागेको हो । श्रीले अहिले सिआरजे ५० सिटर जहाज उडाउने योजना बनाएको कर्पोरेट म्यानेजर अनील मानन्धरले जानकारी दिए । ‘अहिले ५० सिटर जहाज उडाउने हो,’ उनले भने, ‘यदि धेरै यात्रु भएको अवस्थामा श्रीले ७० सिटरका जहाज पनि उडाउँछ ।’ राजविराज एयरपोर्टमा ठूलो जहाज पनि सहजै ल्यान्ड हुन सक्छ ।