स्टेसी कनिङहैम एनवाईएसईको ट्रेडिङ फ्लोर टु फ्लोर क्लर्कका रुपमा काम गरिसकेकी हुन् । उनी अब बिग बोर्डको ६७औं अध्यक्ष हुनेछिन् ।
अमेरिकाको न्यु योर्क स्टक एक्सचेन्ज (एनवाईएसई)को २२६ वर्षको इतिहासमा कुनै महिलाले यसको नेतृत्व गर्ने भएकी छन् । स्टेसी कनिङघम एनवाईएसईको ट्रेडिङ फ्लोर टु फ्लोर क्लर्कका रुपमा काम गरिसकेकी हुन् । उनी अब बिग बोर्डको ६७औं अध्यक्ष हुनेछिन् । कनिङघम एनवाईएसए ग्रुपकी चिफ अपरेटिङ अफिसर हुन् । उनलाई गत शुक्रवार अध्यक्ष बनाइएको हो । ऐतिहासिक रूपले न्यु योर्क स्टक एक्सचेन्जमा पुरुषहरुको प्रभुत्व हुन्थ्यो । एनएसवाईएका वर्तमान अध्यक्ष थोमस फारले २०१३ देखि अमेरिकाको लोकप्रिय स्टक एक्सचेन्जको कामकाज सम्हालेका थिए ।