बोर्डले जनचेतना फैलाउने तथा पूँजी बजारलाई व्यवस्थित गर्दै धितोपत्रमा लगानी गर्ने र लगानीकर्ताको हित संरक्षण गर्ने उद्देश्यले प्रशिक्षण गरिएको बोर्डका अध्यक्ष डा कार्कीको भनाइ छ ।
नेपाल धितोपत्र बोर्डको आयोजनामा भोजपुरमा पूँजीबजारसम्बन्धी प्रशिक्षण दिइएको छ ।
धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीलगायतको टोलीले बुधबार पहिलोपटक भोजपुर जिल्लामा पुँजीबजारको विषयमा प्रशिक्षण दिएको हो । बोर्डले जनचेतना फैलाउने तथा पूँजी बजारलाई व्यवस्थित गर्दै धितोपत्रमा लगानी गर्ने र लगानीकर्ताको हित संरक्षण गर्ने उद्देश्यले प्रशिक्षण गरिएको बोर्डका अध्यक्ष डा कार्कीको भनाइ छ ।
प्रशिक्षणमा धितोपत्र, पुँजीबजार, सेयर लगानी, डिम्याट, सिआस्वालगायतका विषयमा सहजीकरण गरिएको थियो । उद्योग वाणिज्य सङ्घ, भोजपुरले संयोजन गरेको प्रशिक्षणमा स्थानीय तहका जनप्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, बैङ्क तथा वित्तीय संस्थाका प्रमुख सरोकारवालाको पनि सहभागिता थियो । रासस