बुद्ध एयरले शुक्रबारदेखि विराटनगरबाट काठमाडौं उडान भर्ने

काठमाडौंबाट साँझ ६ बजे विराटनगरका लागि उडान थप्ने जनाएको छ ।

बुद्ध एयरले जेठ ११ गतेबाट विराटनगर काठमाडौंको उडान भर्ने भएको छ । एक विज्ञप्ती जारी गर्दै बुद्ध एयरले सुक्रबार बिहान ७ बजे विराटनगरबाट उडान भर्ने जनाएको छ ।

बिहान ७ बजे उडेको जहाज ४० मिनेटमा काठमाडौं आइपुग्ने बुद्ध एयरले जनाएको छ । यस्तै काठमाडौंबाट साँझ ६ बजे विराटनगरका लागि उडान थप्ने जनाएको छ । बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउसो उडानको चाप बढी हुने र विराटनगरबाट काठमाडौं आई एकै दिनमा काम गरेर फर्कन चाहनेहरुलाई ध्यानमा राखी साँझ ६ बजेका लागि उडान थप्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।