मन्त्रालयले देशका कुन कुन क्षेत्रमा एयरपोर्ट बनेको र त्यसलाई कसरी सञ्चालनमा ल्याउने भन्ने बारेमा सोचिरहेको मन्त्री अधिकारीले बताए । ‘अहिले पुराना तथा बन्द भएका एयरपोर्टलाई कसरी सञ्चालनमा ल्याउन सकिन्छ भन्ने बारेमा मन्त्रालयले सोच बनाइरहेको छ,’ अधिकारीले १८ वर्षअघि बन्द भएको राजविराज एयरपोर्टको उद्घाटन गर्दै भने, ‘अब सरकारको पहिलो प्रथामिकता भनेको बन्द भएका एयरपोर्ट सञ्चालन गर्ने हो । त्यसपछि मात्रै नयाँ एयरपोर्ट बनाउन लाग्छौं ।’
सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले नयाँ एयरपोर्ट बनाउनेभन्दा पनि भएका एयरपोर्टलाई व्यावसायिक रुपमा सञ्चालनमा ल्याइने बताएका छन् । धमाधम नयाँ एयरपोर्ट बनाउने तर, जहाज नचल्ने भएकाले राज्यको ठूलो लगानी फस्ने गरेकाले अहिले पर्यटन मन्त्रालयले बनेका तर सञ्चालनमा नआएका एयरपोर्टलाई सुचारु गर्ने बताएका हुन् ।
सप्तरीको राजविराज एयरपोर्टको उद्घाटन गर्दै मन्त्री अधिकारीले नयाँ एयरपोर्ट बनाउन राज्यले अर्बौ रुपैयाँ लगानी गर्ने तर त्यसलाई सञ्चालनमा कुनै ध्यान नदिने देखिएको उनले बताए । पुराना एयरपोर्ट सञ्चालन गर्ने क्रमअन्तर्गत नै राजविराज सुरु भएको हो ।
मन्त्रालयले देशका कुन कुन क्षेत्रमा एयरपोर्ट बनेको र त्यसलाई कसरी सञ्चालनमा ल्याउने भन्ने बारेमा सोचिरहेको मन्त्री अधिकारीले बताए । ‘अहिले पुराना तथा बन्द भएका एयरपोर्टलाई कसरी सञ्चालनमा ल्याउन सकिन्छ भन्नेबारेमा मन्त्रालयले सोच बनाइरहेको छ,’ अधिकारीले १८ वर्षअघि बन्द भएको राजविराज एयरपोर्टको उद्घाटन गर्दै भने, ‘अब सरकारको पहिलो प्रथामिकता भनेको बन्द भएका एयरपोर्ट सञ्चालन गर्ने हो । त्यसपछि मात्रै नयाँ एयरपोर्ट बनाउन लाग्छौं ।’
तत्कालीन माओवादी सशस्त्र आन्दोलनका बेला बन्द भएको राजविराज एयरपोर्ट शुक्रबारबाट सञ्चालनमा आएको छ । श्रीएयरले राजविराजमा दैनिक एउटा उडान भर्ने योजना बनाएको छ । ‘यात्रु भए दैनिक दुई ओटासम्म उडान भर्छौं,’ श्रीएयरका प्रवन्ध निर्देशक सुधीर मित्तलले भने, ‘यात्रुको सङ्ख्या हेरेर जहाज उडाउँछौं ।’
मन्त्री अधिकारीले जहाज पूर्ण रुपमा नभरिए पनि राजविराज एयरपोर्ट आउने बताए । ‘कमाउने ठाउँमा कमाउने हो, यहाँ सेवा दिने हो,’ उनले भने, ‘सुगम ठाउँमा कमाएको नाफाको केही प्रतिशत राजविराजमा लगाउनुपर्ने मन्त्री अधिकारीले बताए ।
नेपाल नागरिक उड्डयान प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जीव गौतमले राजविराज एयरपोर्ट निर्माण गर्न ३० करोड ३० लाख रुपैयाँ खर्च भएको बताए । उक्त एयरपोर्टमा ७२ सिटर जहाज सहजै अवतरण हुने उनले जानकारी दिए । एयरपोर्टकाे चौडाई ३० मिटर छ ।
श्री एयरका प्रवन्ध निर्देशक मित्तलले अबको १५ दिनभित्र श्रीले राजविराज एयरपोर्टमा व्यावसायिक उडान भर्ने जानकारी दिए । श्रीले अहिले ५० सिटर सीआरजे २०० जहाज उडाने भएको छ ।