भक्तजनको मागबमोजिम सूचनाप्रविधिका माध्यमबाट पूजा गर्ने व्यवस्था मिलाइने भएको हो ।
पवित्र धार्मिकस्थल पशुपतिनाथमा अब र्इ-पूजाको व्यवस्था गरिने भएको छ । भक्तजनको मागबमोजिम सूचनाप्रविधिका माध्यमबाट पूजा गर्ने व्यवस्था मिलाइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले जानकारी दिए । सरकार गठन भएको १ सय दिन पुगेको अवसरमा मन्त्रालयमा आयोजित समीक्षा कार्यक्रममा उक्त जानकारी गराइएको हो ।