घरवासलाई पर्यटन प्रवर्द्धनको मेरुदण्डको रुपमा विकास गर्नुपर्छ

तारागाउँ विकास समितिद्वारा घलेगाउँमा आयोजित दुई दिने घरवास (होम स्टे) महोत्सव तथा कार्यशाला गोष्ठीको समापन अवसरमा सहभागी वक्ताले मुलुकभरीका सबै आवास घरलाई समेटेर वेभसाइट निर्माण गर्नुपर्ने, विदेश भ्रमणमा जाने नेपाली नागरिकबाट एक हजार रूपैयाँ अतिरिक्त महसुल असुल गरेर उक्त समितिमार्फत सो रकम आवास घरको विकास तथा विस्तारमा खर्च गर्नुपर्ने र हाल ३९ जिल्लामा सञ्चालनमा आएका आवस घरलाई ७६ अाेटै जिल्लामा विस्तार गर्नुपर्नेमा जोड दिइयो ।

देशभरका घरवास (होम स्टे) लाई कानुनी दायरामा ल्याएर यसलाई पर्यटन प्रवर्द्धनको मेरुदण्डको रुपमा विकास गर्नुपर्ने आवश्यकतामाथि जोड दिएको छ ।

तारागाउँ विकास समितिद्वारा घलेगाउँमा आयोजित दुई दिने घरवास (होम स्टे) महोत्सव तथा कार्यशाला गोष्ठीको समापन अवसरमा सहभागी वक्ताले मुलुकभरीका सबै आवास घरलाई समेटेर वेभसाइट निर्माण गर्नुपर्ने, विदेश भ्रमणमा जाने नेपाली नागरिकबाट एक हजार रूपैयाँ अतिरिक्त महसुल असुल गरेर उक्त समितिमार्फत सो रकम आवास घरको विकास तथा विस्तारमा खर्च गर्नुपर्ने र हाल ३९ जिल्लामा सञ्चालनमा आएका आवस घरलाई ७६ अाेटै जिल्लामा विस्तार गर्नुपर्नेमा जोड दिइयो ।

सो अवसरमा समितिका अध्यक्ष नारदकुमार लुर्इंटेलले समितिको आम्दानी बढाउनका लागि पहल भइरहेको र ती आम्दानी घरबासको विकास र विस्तारमा प्रयोग गरिने जानकारी दिंँदै यसलाई ग्रामीण पर्यटन बोर्डको रुपमा विकास गरिनुपर्ने बताए ।

होमस्टे एसाेसिएसनका अध्यक्ष भीम केसीले होमस्टे ग्रामीण पर्यटन प्रवर्द्धनको प्रयास बने पनि तिनको माग अझै पूरा नभएको गुनासो गरे ।

सात अाेटै प्रदेशका संस्थागत तथा निजी २ सय २६ घरवासका प्रतिनिधिको सहभागिता रहेको सो महोत्वमा पर्यटन विज्ञ शिवप्रसाद जैसी, दीपक अधिकारी बलराम मायालुले क्रमशः नयाँ पर्यटन गन्तव्य स्थलको पहिचान एवम् प्रवर्द्धनः आवश्यकता र महत्त्व, मध्य तथा सुदूरपश्चिममा रहेका सामुदायिक होमस्टेको अवस्था र सुधार गर्नुपर्ने विषय र होमस्टे पर्यटन कार्यक्रमले ग्रामीण समुदायको आर्थिक समृद्धि र विकासमा खेलेको भूमिकाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । रासस