मेगाबाट हटे अनिल, अनुपमा कार्यबाहक सीईओ

मेगा बैङ्कका संस्थापक सीईओ अनिलकेशरी शाहले अन्ततः बैङ्कबाट बिदा लिएका छन् । १२२५ जना लगानीकर्ता जुटाएर बैंक खोल्न सहयोग गरेका शाह मेगा छाडेर तीन सातापछि सेञ्चुरी बैङ्क जाँदै छन् । ‘सेलिब्रेटी बैङ्कर’को छबि बनाएका अनिल नेपालका सर्वाधिक महँगा सीईओमध्येमा पर्छन् ।

अनिल बिदामा बसेपछि मेगाको सञ्चालक समितिले अनुपमा खुञ्जेलीलाई कार्यबाहक सीईओ तोकेको छ । गत शुक्रबार बसेको बैङ्कको सञ्चालक समितिले उनलाई कार्यबाहक सीईओको जिम्मेवारी दिएको हो । सम्भवतः अब उनी नेपाली बैङ्कमा पहिलो महिला सीईओ बन्ने छिन् ।

बैङ्कको संचालक समितिमा एउटा पक्षले दुई वर्षअघि देखि नै अनुपमालाई सीईओ बनाउने लबिङ सुरु गरेको थियो । यसले उनलाई सीईओको रुपमा उदाउन सहज हुनसक्छ । अर्काथरी सञ्चालकले भने ‘लो प्रोफाइलमा बसेकी अनुपमालाई सीईओ बनाउँदा आउँदा दिनमा बैङ्क मर्जरमा सजिलो पर्ने आँकलन छ ।

मेगा ‘लो पर्फर्म’ बैंकमध्येमा पर्छ । जानकारहरुका अनुसार मेगामा क्षमतावान् कर्मचारी भए पनि प्रणालीगत समस्याका कारण कर्मचारीको आत्मबल कमजोर देखिन्छ । अहिले धेरै नयाँ बैङ्कहरु आक्रामक विस्तारमा लागिरहेको बेला मेगालाई पूँजी र व्यवसाय विस्तार गर्ने चुनौती तुलनात्मक रुपमा बढी भएको बैङ्किङ क्षेत्रका जानकारहरुले बताउँदै आएका छन् । यसका लागि कर्मचारीको मनोबल बढाउनु र निर्णय क्षमतामा सुधार गर्नु अागामी सीर्इअाेकाे चुनाैती हाे ।