‘पर्ख र हेर’ मै लगानीकर्ता : सेयर बजारकाे अाेरालाे यात्रा कायमै

सोमबार पनि नेप्से परिसूचक साँघुरो अन्तरले घटेको छ । आइतबार ६ अङ्क घटेको नेप्से सोमबार २ दशमलव ७४ अङ्क (शून्य दशमलव १८ प्रतिशत) घट्यो ।

कारोबारको अन्तिम एक मिनेटमा नै नेप्से करिब २ अंक बढेपछि अन्तिम कारोबारको आकार बढी देखिएको हो । यसअघि पनि केही ब्रोकर र लगानीकर्ताले अन्तिम समयमा बजार बढाउने गरेका थिए । सोमबारको ब्यापारमा पनि त्यस्तै परिस्थिति देखिएको छ । केही लगानीकर्तालाई सेयर बेच्नुप¥यो भने बजारमा मिलेमतोका आधारमा सेयर बजार उचाल्ने प्रवृत्ती नेपालमा पुरानै हो । तर, हालका दिनमा बजारको आकार र पूँजीकरण निकै ठूलो भएकाले त्यस्ता लगानीकर्ताले केही सीमित कम्पनीको सेयर मूल्यलाई प्रभावित बनाएर नाफा आर्जन गर्ने गरेका छन् । तथापि, कहिलेकाहीँ स्वभाविक रुपमा पनि यसरी बजार माथि जान सक्छ ।
‘सधैं मिलेमतो हुन्छ भन्ने हुँदैन,’ एक ब्रोकरले भने ।

सोमबार कारोबार रकम भने घटेको छ । आइतबार ८७ करोड ७० लाख रुपैयाँको सेयर ब्यापार भएकोमा सोमबार कारोबार रकम झण्डै आधा घटेर ४६ करोड ४५ लाख रुपैयाँमा झरेको छ । यस दिन नेप्सेमा ४ हजार १ सय १ ब्यापारबाट १ सय ५७ कम्पनीको ८ लाख ५६ हजार कित्ता सेयर ब्यापार भयो । सोमबार नेप्सेको बजार पूँजीकरण १७ खर्ब ७५ अर्ब पुगेको छ ।

सोमबार पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा स्ट्याण्डर्ड चार्टर्ड बैंक अग्रस्थानमा देखिएको छ । शत प्रतिशत सेयर लाघांश घोषणा गरेको कम्पनीको करीब ६ करोड ६ लाख ४८ हजार रुपैयाँको सेयर ब्यापार भयो । यस दिन एभरेष्ट बैंकको परिवत्र्य अग्राधिकार सेयरको मूल्य ७ दशमलव ४७ प्रतिशत बढ्यो भने नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ५ दशमलव ८ प्रतिशत सस्तियो ।