टानका महासचिव आङ पेम्बा शेर्पाले काठमाडौंबाट ईको च्यालेन्जअन्तर्गत साईकल र्यालीको आयोजना गरिएको बताए ।
ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को ४० औं स्थापना दिवसको अवसरमा साईकल र्यालीको आयोजना गरिएको छ । टानका महासचिव आङ पेम्बा शेर्पाले काठमाडौंबाट ईको च्यालेन्जअन्तर्गत साईकल र्यालीको आयोजना गरिएको बताए ।
र्यालीको वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले उद्घाटन गरेका थिए । साईकल र्यालीमा टानका पदाधीकारी तथा पर्यटन व्यवसायीहरुको सहभागिता थियो ।
सोही अवसरमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका ४ जना आरोहीहरुलाई मन्त्री बस्नेतले खादा लगाएर सम्मान गरेका छन् ।
तस्बिरः टानका महासचिव आङ पेम्बा शेर्पाको फेसबुकबाट