तीव्र उतारचढावबीच घटेर बन्द भयो सेयर बजार

सवा १ बज्दा नेप्से १३२४.०९ अङ्कमा झरेको नेप्से कारोबार भने १३२७.२१ अङ्कमा रोकिएको हो । आज आउने बजेटले भोलिको कारोबार निर्धारण गर्नेछ ।

सरकारले आगामी आर्थिक वर्ष (२०७५/७६५)को बजेट घोषणाको एक घण्टाअघि मङ्गलबार सेयर बजार घटेर कारोबार बन्द भएको छ । ७ कार्यदिनसम्म लगातार घटेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्स) परिसूचक सोमबार नाटकीय रुपमा ३५.९८ अङ्कले बढे पनि त्यो टिकाउपूर्ण भएन ।
मङ्गलबार नेप्से ९.१८ अङ्कले घटेर १३२७.२१ अङ्कमा रोकिएको छ । कारोबार सुरु हुनेबित्तिकै बढेर १३४०.५३ अङ्कमा चढेको थियो । तर, यो वृद्धि धेरै समय चलेन र केही समयमै घटेर १३२४.२४ अङ्कसम्म झ¥यो । नेप्सेको यो झराइ पनि धेरै बेर टिकेन र फेरि बजार उकालो लाग्यो र १३३६.२४ अङ्कसम्म चढ्यो ।

बजार घट्बढको तीव्रता यतिमै रोकिएन र फेरि बजार घट्न थाल्यो । सवा १ बज्दा नेप्से १३२४.०९ अङ्कमा झरेको नेप्से कारोबार भने १३२७.२१ अङ्कमा रोकिएको हो । आज आउने बजेटले भोलिको कारोबार निर्धारण गर्नेछ ।

मङ्गलबार नेप्सेमा वर्गीकृत १० उपसमूहमध्ये ९ को मात्र कारोबार भएको छ । त्यसमा पनि बिमा उपसमूह ५.६९ अङ्कले बढ्दा अन्य सबै उपसमूह सूचक घटेपछि नेप्से पनि घटेको हो । मङ्गलबार सबैभन्दा बढी होटल ३३.१८, उत्पादनमूलक २०.६, लघुवित्त १५.४८, विकास बैङ्क १४.२१, जलविद्युत् १३.३३, बैङ्किङ १०.५, वित्त २.९६ र अन्य उपसूचक १.४६ अङ्कले घटेको छ ।

मङ्गलबार ५ हजार २ सय ५६ कारोबारबाट ८ लाख ४० हजार १ सय ७५ कित्ता सेयर खरिदबिक्री भई ४१ करोड ७४ लाख ३६ हजार ९ सय ६८ रुपैयाँबराबरको कारोबार भएको छ । कारोबार रकम सोमबारको भन्दा थोरै हो । सोमबार ५ हजार ११ कारोबारबाट १३ लाख ५९ हजार ६ सय ७५ कित्ता सेयर खरिदबक्री भई ४७ करोड ४८ लाख ४६ हजार ९ सय ६१ रुपैयाँबराबरको कारोबार भएको छ ।

एनएमबी बैङ्कको सबैभन्दा बढी कारोबार भएको छ । ३ सय ३३ रुपैयाँ प्रतिकित्ताका दरले थप सार्वजनिक निस्कासन (एफपीओ) गर्ने भएपछि बैङ्कको सेयर कारोबारमा एकाएक वृद्धि आएको छ । एनएनमबीको मङ्गलबार ३ करोड २ लाख ८ हजार ४ सय ५८ रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । एनएमबीले २ सय ३३ रुपैयाँ प्रिमियमसहित १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता सेयर प्रतिकित्ता ३ सय ३३ रुपैयाँमा सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।