‘ललितपुरलाई देशकै समृद्ध महानगर बनाउँछु’

कडा प्रतिस्पर्धाबीच अत्यन्तै कम मतान्तरले ललितपुर महानगरपालिकाको मेयरको पद आफ्नोे पक्षमा पार्न सफल नेता हुनु–चिरी बाबु महर्जन। ललितपुरको विकासमा राम्रोसँग भिजेका महर्जन समाजमा निकै परिचित नेता हुन्। मेयर पद सम्हालेपछि क्यापिटल संवाददाताले महर्जनसँग गरेको कुराकानीः

मेयर पदबहाली गरेपछि पहिलो काम के गर्नुभयो ?

पद बाहल गरेपछिपहिलो काम भनेको ‘डकुमेन्ट्री इभिडिएन्स’को रुपमा नगरपालिकामा विशेषज्ञहरुको एउटा सल्लाहकार कमिटी बनाउने निर्णय गरिएको छ। जतिसुकै क्षमतावान, प्रतिभावान भएपनि मेयर जस्तो पदमा रहेर काम गर्न अति गाह्रो हुन्छ। त्यसैले एउटा सल्लाहकार टिम बनाएको हो। कोही पनि मानिसहरु ३२ वटै लक्ष्णयुक्त हुँदैन ।

हरेक मानिससँग केही न केही कमजोरी हुन्छ। त्यसैले सल्लाहकारको टिम बनाएर अघि बढेको हो ।  विभिन्न क्षेत्रको विकास, सम्भावनाको पहिचान गरेर त्यसअनुरुप विकास कार्य अघि बढाउन यो टिम बनाएको हो। फरक फरक क्षेत्रमा विभिन्न सम्भावना भएका मानिसलाई विशेषज्ञको रुपमा ल्याएका छौं।  अहिले विशेषज्ञको बायोडाटा सङ्कलन भइरहेको छ। हाम्रो सुरुआती काम भनेको यही हो।

नेपाली काङ्ग्रेसले ल्याएको घोषणापत्रमा देशलाई समृद्ध बनाउन विभिन्न योजना ल्याएको छ। त्यसलाई कार्यान्वयन गर्न तपाईसँग कस्तो योजना छ?
पार्टीले जारी गरेको घोषणापत्र पूर्वदेखि पश्चिम महाकालीसम्म सबै ठाउँको आर्थिक विकास गर्ने लक्ष्य अनुरुप छ । देशभर रहेका ७ सय ४४ वटा तहलाई सम्बोधन गर्ने खालको घोषणापत्र छ। तर, पार्टीले ल्याएको घोषणापत्र कतिपय महानगरपालिकाको सन्दर्भमा लागू नहनु सक्छ।

जस्तै ललितपुर महानगरको हकमा पार्टीले ल्याएको घोषणापत्र हुँदैन ।र पार्टीले ल्याएको घोषणापत्रलाई आधार मानेर हामीलेललितपुर हानगरपालिकाका लागि प्रतिवद्धता पत्रजारी गरेका छौं। यो ललितपुरका मेयर तथा उपमेयरको प्रतिवद्धता पत्र हो । त्यसपछि वडा नः १ देखि २९सम्म वडा अध्यक्ष र सभासदले वडाको गाउँस्तरलाई मध्यनगर गरेर अर्को प्रतिवद्धता पत्र बनाएका छन्, सोही अनुसार काम गरिरहेका छन्।

यसअर्थमा हामीले जुन प्रतिवद्धता पत्र निकालेका छौं, त्यसको आधारमा ललितपुरकोसम्पूर्ण विकास गर्छौ ।मात्र हामीलाई समयको आवश्यकता छ।
त्यसैगरी, मेयर पदमा निर्वाचित भइसकेपछि पहिलो बैठक बसेका छौं। त्यो बैठकबाट पनि हामीले धेरै निर्णय गरेका छौं। उदाहरणका लागि कुनै पनि वडामा जाने बाटो विग्रिएर जनतालाई हिड्न अप्ठ्यारो परेमा वा गाईवस्तु मरेका कारण स्वास फेर्न असुविधा भएमा त्यहाँको वडा अध्यक्ष तथा जनप्रतिनिधिले प्रत्यक्ष रुपमा हाम्रा महाशाखा प्रमुखलाई खबर गर्ने र महानगरले ‘चुड्की’ बजाएको भरमा सफा गर्ने काम हुन्छ। यसले के देखाउँछ भने, जनतालाई सुविधा दिन हामी केही कसर बाकी राख्दैनौ । त्यतिमात्रै हैन्, प्रतिवद्धता पत्रमा उल्लेख गरेको वृद्धा भत्ता प्रत्येक जनताको घरमा पु¥याउने काम सुरु भइसकेको छ। त्यसको सुरुआत वडा नः १ र २९ बाट भइरहेको छ।

तर, पनि हामीले यसलाई सानो रुपमा लिएका छौं। मेगा परियोजनाको रुपमा पनि अघि बढेका छौं। पुलचोकको आकाशे पुलदेखि थापाथली पुलसम्म १ दशमलव ४ किलोमिटरमा फ्लाइ ओभर राख्नका लागि सम्भाव्यता अध्ययन हुँदै छ। केही दिनमै परामर्शदाता ल्याउँछै छौ।
उनीहरुले गरेको सम्भाव्यता अध्ययनले सम्भावना देखायो भने, पैसाको अभाव हुँदैन। काम सुरु हुन्छ।

अर्थ मन्त्रालयले गत जेठ १५ गते बजेट ल्याएको छ। ललितपुर महानगरपालिकालाई ८४ करोड २० लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ। तर, तपाइहरुले ठूल्ठूला योजना निर्माण गर्दै हुनुहुन्छ। केन्द्र सरकारले उपलब्ध गराएको बजेटले तपाइले कल्पना गरेको परियोजना पूरा हुन्छ?

अहिले आएको पैसा भनेको अन्तरिक व्यवस्था हो। अन्तिम हैन। त्यसमा सुधार गर्ने प्रशस्त सम्भावन छ। त्यसैगरी बजेटको अन्तरवस्तु हामीले पाएका छैनौ। हामी संविधान प्रदत्त अधिकारलाई प्रयोग गर्दै जाने हो। हाम्रो मातहतमा जिल्ला शिक्षा कार्यालय आइपुग्छ। खानपानी संस्थान आइपुग्छ,। कर्मचारी मात्रै आउने बजेट नआउने हो भने अहिले आएको बजेटले कर्मचारीलाई तलब खुवान मात्रै पनि पुग्दैन। हामीले बजेटको अन्तरवस्तु नपाएकाले अहिले नै बजेट कम वा बढी भन्न मिल्दैन।

अब जहाँसम्म मेगा परियोजा छ, हामीले वृद्ध भत्ता बढाउने भनेका छौं। यसमा ठूलो रकम खर्च हुन्छ। यसलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा हामीले विभिन्न विकल्पको बारेमा छलफल गरेका छौं। पहिलो त हामी केन्द्र सरकारले उपलब्ध गराएको बजेटबाट व्यवस्थापन गर्छौ। त्यसपछि महानगर आफैले ऐन बनाएर कर उठाउन पाउँछ, त्यो पनि हामी गर्छौ।

ललितपुरआर्थिक हिसाबले सबैभन्दा धनी हो। यहाँ धेरै आर्थिक सम्भावना भएको ठाउँहरु छन्। ती सम्भावानाको पहिचान गरेर करको दायरमा ल्याउने पहिलो काम हो। यहाँ धेरै बैंकहरु छन्, कर्पोरेट हाउसको संख्या पनि कमी छैन्। तर ति अहिले करको दायमा आएका छैनन्।ति सबैलाई व्यस्थित ग
हामीले ललितपुरमा कसरी सबैभन्दा बढी पर्यटक ल्याउने भन्ने बारेमा सोचिरहेका छौं। ‘लन्डन डज नट स्लीप’ भने जस्तै हामी पनि यहाँ त्यस्तै अवधारणा ल्याउने तयारीमा लागेका छौं। जसबाट बढी भन्दा बढी आम्दानी गर्न सकियोस्, हामीले सोचेका परियोजना पूरा हुन्छ।

नेपालको मुख्य आम्दानी पर्यटनलाई मानिन्छ । कसरी पर्यटकलाई लामो समय नेपाल बस्ने र तिनले खोजेको सुविधा दिने ?

हरेक देश समृद्ध हुनको पछाडीआन्तरिक तथा बाह्य पर्यटकको एकदम ठूलो हात छ। उनीहरुले खर्च गरेको पैसाले देश समृद्ध बनेका छन्,। हामी पनि त्यहीँ अवधारणलाई अघि बढाएर लगिरहेका छौं। ललितपुरमा भित्रिने पर्यटकलाई कसरी धेरै धन्दा धेरै दिन राख्न सकिन्छ भनेर योजना बनाइरहेका छौं। उनीहरुलाई जति बढी दिन यस क्षेत्रमा राख्न सकिन्छ, उत्ति हामीले कल्पना गरेको समृद्ध बन्छ।

जब आर्थिक गतिविधि बढ्छ, स्थानीयले रोजगारी पाउँछन्, यस क्षेत्रमा खुलेका होटल व्यवसाय राम्रोसँग सञ्चालन हुन्छ। त्यसैले हाम्रो पहिलो काम भनेको देशमा बढी भन्दा बढी पर्यटक भित्र्याउने र धेरै दिनसम्म कसरी राख्ने भन्ने बारेमा सोचिरहेका छौं।

ललितपुर एउटा अव्यवस्थित र प्रदूषित सहरका रुपमा परिचित हुँदै गएको छ। । यो परिचयलाई फेर्न तपाईं के गर्नु हुन्छ ?

जति तपाइहरुले सोच्नु भएको छ, त्यति प्रदूषित र अव्यवस्थित छैन्, । यस क्षेत्रमा धेरै देवालयहरु छन्, जसलाई स्थानीय रुप झल्कने गरी सझाइएको छ। यहाँका सम्पदाहरु पनि अति आकर्षित नै छन्। पर्यटकलाई देखाउने भनेको यहाँको कला सस्कृति, परम्परा झल्किने खालका कलाहरु हो।
धेरै सम्पदाहरु भूकम्पले नस्ट बनाएको छ, त्यो अहिलेसम्म बनेको छैन। तर, हामी एक वर्षभित्र सम्पूर्ण भत्किएका सम्पदाहरुलाई बनाउँछौं। ति सबै सम्पदालाई पहिल्यकै अवस्थामा ल्याउँछौं।

त्यसैगरी, अर्को महत्वपूर्ण कुरा भनेको ललितपुरविभिन्न जातजाति बसोबार रहेको क्षेत्र हो। त्यो जातिलाई संरक्षण गरेर पनि पर्यटकलाई ल्याउन सकिन्छ। त्यसमा पनि हामी लागेका छौं। पर्यटकले नेपाल आएर आइफल टावर हेर्ने इच्छा राख्दैन। पर्यटक नेपाल आएर ट्रेकिङ जान्छन्, हिमाल पर्वत जान्छन्, यहाँ भएका कला सस्कृतिको अवलोकन गर्छन। यहाँको मच्छिन्द्र नाथको जात्रालाई एउटा उदाहरणकै रुपमा लिन सकिन्छ। यो जात्रा हेर्नधेरै पर्यटकको ओइरो लाग्ने गरेको छ। हो, यो सम्भावनालाई कसरी ‘क्यास’ गर्ने भन्ने हो। हामीसँग जे सम्भावना छ, त्यसलाई बेच्ने हो।

ललितपुर महानगरपालिकाले करका दरलाई कसरी व्यवस्थापन गर्छ ?
संविधान प्रदत्त अधिकारमा केन्द्र सरकारले हस्तक्षेत्र गर्दैन र कर उठाउने जिम्मा पनि हामीलाई छ। संविधानमै कर स्थानीय तहले उठाउने भनेर लेखेको छ। सोही अनुसार करका दर उठाउने काम हुन्छ।

जनताले कति समयपछि परिवर्तनको महशुस गर्न पाउँछन् ?

परिवर्तन रातारात हुने कुरा होइन। मेलम्चीको पानी आएको भए, आजको भोलि परिवर्तनको महशुस गर्न पाउँथे। तर, मेलम्चीको पानी आउँन अझै ५ महिनाबाकी छ। त्यो पानी तत्काल परिवर्तनको महशुस गर्न सक्दैनन्। मेलम्चीको पानीले वागमती पुल हुँदै मङ्गलबजारसम्म, फेरी त्यहीँदेखि बुङ्मतीबाट हरिसिद्धिसम्म सफा गरेपछि जनताले परिवर्तनको महशुस गर्छन।

राष्ट्रिय गौरवको आयोजना मध्ये एक दू्रत मार्गललितपुरको खोकना भएरै जाँदै छ। तर, खोकनामा मुअब्जाको बिवाद छ। यसलाई कसरी व्यवस्थापन गर्ने हो ?
खोकनामा जग्गाको मुअब्जा नमिलेको भन्ने कुरा आएको छ। यदि साच्चै त्यहाँका जनतालेमुअब्जा नपाएकै भए त्यो पाउनुपर्छ। यस विषयमा मैले राम्रोसँग बुझ्छु। र उचित निर्णय लिन्छु।

स्मार्टसिटीका कुरा पनि आएका छन् । कसरी बन्ला तपाईंको महानगर स्मार्टसिटी ?

स्मार्टसिटीको व्याख्या आ–आफ्नै तरिकाले गर्ने गरेका छन्,। कसैले आइटीसँग आवद्ध गर्योभने, स्मार्टसिटी बन्छ भन्छन्,। कसैले वाइफाइ ‘फि’गर्यो भने, स्मार्टसिटी बन्छ भन्ने गरेका छन्। तर, हामीले पहिलो चरणमा वडा नम्बर १ देखि २९ वडासम्म वाइफाइ ‘फि’बनाउने योजना बनाएका छौं। पाटन दरबार स्क्वायरमा वाइफाइ फि, आधुनिक प्रविधि राख्नेलगायत काम हुँदै छ। स्मार्टसिटी भन्नासाथ सबै कुराको सुविधा भएको सहर हो। यहाँ धेरै कुराको सुविधा छैन। तर, त्यसलाई विस्तारै बनाउँदै लैजाने हो। सुरुमा वाइफाइ राखिन्छ, त्यसपछि अन्य सुविधाहरु समावेश गरिँदै लगिने छ।
पर्यटकहरु आउँछन्, हामीले पर्यटन शूल्क उठाइरहेका छौं। तर, त्यो रकमले आधुनिक पूर्वाधार बनाएका छैनौ।