आर्थिक वर्ष २०७५–७६ को बजेटमा धितोपत्र व्यवसायलाई मूल्य अभिवृद्धि कर छुट

केही वर्षदेखि धितोपत्र खरिदविक्री सेवावापत प्राप्त हुने आयमा भ्याटका लागि ताकेता भइरहेको थियो । अब पुरानो बेरुजु बक्यौता मिनाहा, नयाँ व्यवस्थाअनुसार मूल्य अधिवृद्धि कर छुट हुने वस्तु तथा सेवाको सूचीमा धितोपत्र व्यवसायीलाई राख्ने निर्णय गरेको छ ।

आर्थिक वर्ष २०७५–७६ को बजेटद्वारा धितोपत्र व्यवसायलाई मूल्य अधिवृद्धि कर (भ्याट) छुट दिने सरकारको निर्णयलाई स्टक ब्रोकर्स एसोसिएसन नेपालले स्वागत गरेको छ ।

केही वर्षदेखि धितोपत्र खरिदविक्री सेवावापत प्राप्त हुने आयमा भ्याटका लागि ताकेता भइरहेको थियो । अब पुरानो बेरुजु बक्यौता मिनाहा, नयाँ व्यवस्थाअनुसार मूल्य अधिवृद्धि कर छुट हुने वस्तु तथा सेवाको सूचीमा धितोपत्र व्यवसायीलाई राख्ने निर्णय गरेको छ । यसैगरी धितोपत्र व्यवसायमा ३० प्रतिशत आयकर लगाउने व्यवस्थाले पुँजी बजारमा देखिएको कर अस्पष्टता अन्त्य भएको ब्रोकर्स एसोसिएसनले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

एक अर्बभन्दा बढी चुक्ता पुँजी भएका उत्पादनमूलक कम्पनीहरु पब्लिक कम्पनीमा गई पुँजी बजारमा सूचीकरण हुनुपर्ने अनिवार्यता र ५० करोड वा त्यसभन्दा बढी चुक्तापुँजी भएका प्राइभेट कम्पनीहरु पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण हुन प्रोत्साहन स्वरुप ३ वर्षका लागि आयकरमा १० प्रतिशत छुट दिने व्यवस्थाले पुँजीबजार फराकिले बनाउन ठूलो सहयोग पुग्ने ब्रोकर्स एसोसिएसनको ठम्याई छ ।

प्राइभेट इक्युटी, भेञ्चर फन्ड, हेज फन्डलगायतका नयाँ संस्थाहरुलाई पुँजीबजारमा प्रवेश गराउँदा बजार भरोसायोग्य, विस्तावरत र विश्वसनीय बन्न योगदान पुग्ने छ,– विज्ञप्तिमा भनिएको छ ।