बजेट सार्वजनिक भएको भोलिपल्ट लगानीकर्ता निकै अलमलमा परेको देखियो, फलस्वरुप बजार प्लस–माइनस–प्लस हुँदै माइनसमा थामिएको हो । गत वर्ष बजेटको भोलिपल्ट २१.१५ अङ्कले घटेको सेयर बजार यस पटक भने समान्य अङ्कले आेर्लेको छ ।
घरि स्थिर, घरि उकालो त घरि ओरालो हुँदै अन्त्यमा बुधबार सेयर बजार ४.९४ अङ्कले घटेर १३२२.२७ अङ्कमा ओर्लिएको छ । यसैगरी अाज क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.२५ अङ्कले घटेर २७८.२१ अङ्कमा झरेको छ ।
बजेट सार्वजनिक भएको भोलिपल्ट लगानीकर्ता निकै अलमलमा परेको देखियो, फलस्वरुप बजार प्लस–माइनस–प्लस हुँदै माइनसमा थामिएको हो । गत वर्ष बजेटको भोलिपल्ट २१.१५ अङ्कले घटेको सेयर बजार यस पटक भने समान्य अङ्कले आेर्लेको छ । बुधबार १६४ कम्पनीका ७ लाख ८९ हजार कित्ता सेयर किनबेच हुँदा ४३ करोड रुपैयाँको कारोबार भयो ।
उपसूचकमध्ये १० समूहको कारोबारमा सात समूह घटेका छन् भने तीन समूह बढेका छन् । बैङ्क ७.५४, ट्रेडिङ् ४.७३, होटल ४.९६, विकास बैङ्क ७.२९, जलविद्युत् ६.७२, उत्पादनमूलक ८.७६, अन्य र ०.७९ अङ्कले घटेका छन् भने फाइनान्स १.३१, बिमा ११.५१ र लघुवित्त ४.३८ अङ्कले बढेका छन् ।