‘हामीले पहिले नै नेपाल आउन पत्र पठाएका थियौं,’ सह सचिव लामिछानेले भने, ‘उनीहरुले भरखर जवाफ पठाएका छन्, तर मिति निश्चित भएको छैन ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा नयाँ हवाई रुटका लागि दुवै देशका प्राविधिकहरुलाई छलफलमा बस्न निर्देशन दिएका थिए ।
नयाँ हवाई रुटको विषयमा छलफल गर्न भारतीय पक्ष नेपाल आउने भएका छन् । पर्यटन मन्त्रालयका सह सचिव बुद्धिसागर अधिकारीले भारतको एयरर्पोट्स अथोरिटी अफ इन्डिया (एएआई)का प्राविधिक टोली नेपाल आउन लागेको जानकारी दिए ।
‘हामीले पहिले नै नेपाल आउन पत्र पठाएका थियौं,’ सह सचिव लामिछानेले भने, ‘उनीहरुले भरखर जवाफ पठाएका छन्, तर मिति निश्चित भएको छैन ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा नयाँ हवाई रुटका लागि दुवै देशका प्राविधिकहरुलाई छलफलमा बस्न निर्देशन दिएका थिए ।
नेपालले यसअघि पटक–पटक हिमालय रुट दिन भारतसँग आग्रह गरे पनि पूरा हुन सकेको थिएन । हिमालय रुट दिने हो भने, चीन, थाइल्यान्ड, श्रीलङ्का लगायतका देशबाट आउने जहाज सिधै हिमालय रुट प्रयोग गरेर आउन सक्नेछन् । नेपाल र भारतका दुवै नागरिक उड्डयन मन्त्रालयबीच नयाँ एयर रुटका लागि सहमति भए पनि नेपाल र भारतबीच हुनुपर्ने खुला आकाश सम्झौता (एएसए) हुन नसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भनाइ छ ।
नेपालमा हाल सिमराको रुटबाट मात्र अन्तर्राष्ट्रिय जहाजहरु नेपाल भित्रिने गरेका छन् । सिमराबाट मात्र अन्तर्राष्ट्रिय जहाज नेपाल भित्रिँदा एयर ट्राफिक जाम बढ्ने गरेको छ । एउटा मात्रै रुट प्रयोग गरेर आउँदा एयर ट्राफिक जाम बढी हुने गरेको र सबै जहाज सिमराबाट घुमेर काठमाडौं आउँदा भाडा पनि महँगो भएको छ ।