बिहीबार कारोबार नेप्से मात्रै ओरालो लागेको होइन कारोबार रकम पनि घटेको छ । साताको अन्तिम दिन बिहीबार ४ हजार १ सय ५९ कारोबारबाट ७ लाख ८ हजार १ सय ४७ कित्ता सेयर किनबेच भई ३४ करोड ५९ लाख १४ हजार ५ सय ५ रुपैयाँबराबरको कारोबार भएको छ । बुधबार नेप्से करिब ५ अङ्कले घट्दा ४३ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेटमाथि बहस भइरहेको छ । बजेटमा सेयर कारोबारलाई मूल्य अभिवृद्धि कर मुक्त घोषणा गरेकोर पुँजीबजारको दायरा विस्तार गर्ने काममा सरकारले पहलकद्मी लिएको भनेर सेयर दलालको संस्था स्टक ब्रोकर एसोसियनसनले बजेटका प्रावधानको स्वागत गरे । त्यस्तै केही लगानीकर्ताले बजेटले लिएको नीतिले सेयर बजार विस्तार हुने दावी प्रस्तुत गरे पनि बजार भने दोस्रो दिन बिहीबार झन ठूलो अन्तरमा घटेको छ ।
मङ्गलबार अर्थमन्त्री डा. युवराज खतिवडाले १३ खर्ब १५ अर्ब रुपैयाँ सङ्घीय बजेट सार्वजनिक गरेका थिए । बजेटकै दिन पनि सेयर कारोबार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) घटेर बन्द भएको थियो । बजेट आएपछि बुधबार खुलेको बजार पनि सूचक घटेरै बन्द भयो भने बिहीबार झनै ठूलो अन्तरमा घटेको छ । बजेटमा व्यक्तिगत पुँजीगत लाभर ५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत र संस्थागत लाभकर १० प्रतिशतबाट बढाएर १५ प्रतिशत बनाइएको छ भने सेयर दलालको कमीशनमा भ्याट नलाग्ने व्यवस्था गरिएको छ । त्यसैगरी १ अर्बभन्दा ठूलो पुँजी संरचना भएको निजी कम्पनी पब्लिक कम्पनीमा रुपान्तरण हुने व्यवस्था गर्ने र ५० करोडभन्दा माथि निजी कम्पनी पब्लिकमा गए ३ वर्षका लागि १० प्रतिशत आयकर छुट दिइने व्यवस्था बजेटमा छ ।
बिहीबार नेप्से १४.६१ अङ्कले घटेर १३०७.६६ अङ्कमा रोकिएको छ । बिहीबारको कारोबार प्रकृतिलाई हेर्दा बजार अझै घट्न बाटो अघि बढेको देखिन्छ । खासगरी बिहीबार नेप्सेमा वर्गीकृत व्यापार समूह २.९६ अङ्कले बढेबाहेक अरु कुनै पनि उपसमूह बढ्न सकेन र त्यसैको असर नेप्सेमा परेको देखिन्छ । बिहीबार सबैभन्दा बढी बिमा उपसूचक ११५.७२ अङ्कले घटेर कारोबार भएको छ । त्यसपछि उत्पादनमूलक तथा प्रशोधन उपसमूह २५.२, होटल २२.३१, लघुवित्त १७.५७, जलविद्युत् १७.३६, विकास बैङ्क १२.४७, बैङ्किङ १२.३४, अन्य ४.६१ र वित्त ०.३ अङ्कले घट्न पुगेको छ ।
बिहीबार कारोबार नेप्से मात्रै ओरालो लागेको होइन कारोबार रकम पनि घटेको छ । साताको अन्तिम दिन बिहीबार ४ हजार १ सय ५९ कारोबारबाट ७ लाख ८ हजार १ सय ४७ कित्ता सेयर किनबेच भई ३४ करोड ५९ लाख १४ हजार ५ सय ५ रुपैयाँबराबरको कारोबार भएको छ । बुधबार नेप्से करिब ५ अङ्कले घट्दा ४३ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।