सबै विमानस्थलमा एक महिनाभित्र फ्री वाईफाई

सबै विमानस्थलमा वाईफाई फ्री बनाएपछि त्यस क्षेत्रको प्रचारप्रसार पनि तीव्र हुने र त्यहाँको समस्या समाधानको लागि सहज हुने मन्त्री अधिकारीको विश्वास छ ।

सञ्चालनमा रहेका सम्पूर्ण विमानस्थलभित्र वाईफाई फ्री हुने भएको छ । हवाई पर्यटनलाई ध्यानमा राखी सबै विमानस्थलभित्र फ्री वाईफाई बनाउन लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बताएकाे छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बिहीबार पर्यटन मन्त्रालयमा भएको छलफलमा १ महिनाभित्र सबै विमानस्थलभित्र वाईफाई फ्री बनाउन निर्देशन दिएका छन् । छलफलमा मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महाप्रवन्धक सञ्जीव गौतमसहित सह सचिवहरुको सहभागिता थियो ।

सबै विमानस्थलमा वाईफाई फ्री बनाइएपछि त्यस क्षेत्रको प्रचारप्रसार पनि तीव्र हुने र त्यहाँको समस्या समधानको लागि सहज हुने मन्त्री अधिकारीको विश्वास छ ।