सेयरमा अङ्कित मूल्यमै पुँजीगत लाभकर लाग्ने

आन्तरिक राजस्व विभागले आइतबार परिपत्र गरी जुन मस्ल्यमा खरिद बिक्री भएपनि अङ्कित मूल्यमै पुँजीगत लाभकर लाग्ने जनाएको छ ।

अबदेखि हकप्रद र बोनस सेयरमा अङ्कित मूल्यमै पुँजीगत लाभकर लाग्ने भएको छ । आन्तरिक राजस्व विभागले आइतबार परिपत्र गरी जुन मस्ल्यमा खरिद बिक्री भएपनि अङ्कित मूल्यमै पुँजीगत लाभकर लाग्ने जनाएको छ ।

आन्तरिक राजस्व विभागको परिपत्रमा भनिएको छ,– ‘आयकर ऐन, २०५८ को परिच्छेद ८ मा उल्लिखित व्यवस्थाअनुसार बोनस तथा हकप्रद सेयरको लागत मूल्य गणना गर्दा सेयरको अङ्कित चुक्ता मूल्यलाई लागत लिर्इ सो आधारमा लाभको गणना गरी मिति २०७५र०२र२० गते आइतबारदेखिको कारोबारमा आयकर ऐन २०५८ बमोजिम अग्रिम कर असुल गर्नु गराउनु हुन मिति २०७५र०२र१८ को निर्णय अनसार अनुरोध छ ।’

यसभन्दा अघि पुँजीगत लाभकर बोनस वा हकप्रद सेयर समायोजन पछि आधार मूल्यमा पुँजीगत लाभकर लाग्ने गर्थ्यो । सरकारले दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताकालागि पुँजीगत लाभ कर साविक ५ प्रतिशतबाट ७.५ प्रतिशत पुर्याएको थियो ।

यसैको असरले गर्दा आज दिउसो १२ बजेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७ अङ्कले ओरालो लागेको छ ।