५० लाख पर्यटक आगमनको जग बनाउँदै सकियो दोस्रो हिमालयन ट्राभल मार्ट

संस्कृति पर्यटन तथा नागरिक उडययन मन्त्रालयको नेतृत्व, नेपाल पर्यटन बोर्डको आयोजना र पाटा नेपाल च्याप्टर कार्यक्रम आयोजक रही पर्यटन क्षेत्रका बिभिन्न संघ संस्थाहरुको सहयोगमा हिमालयन ट्राभल मार्ट २०१८ को दोस्रोे सस्करण सम्पन्न भएको छ ।

२६ वटा देशहरुवाट ५९ बायर्स र नेपाल भारत, भुटान, दक्षिण कोरिया, इन्डोनेशिया, टर्की र युएइलगायत सात देशबाट ५२ वटा बिक्रेताहरुको सहभागिता थियो । यस कार्यक्रमले नेपाल लगायत दक्षिण एशियाका सवै पर्यटन ब्यवसायीहरुलाई समाबेश गरेको थियो । १८ गतेदेखि सञ्चालन ट्राभल मार्टमा ‘सस्टेनेवल रोड टु ५ मिलियन भिजिटर वाइ २०३०’ विषयमा विभिन्न देशहरुवाट आएका पर्यटन विज्ञहरुले आफ्ना विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय ट्राभलमा १८ देशका ४३ जना ब्लगरहरुको सहभागिता थियो । ती ब्लगर्सहरुले नेपाल लगायत विश्वका अनेक ठाउँहरुमा पर्यटन सम्बन्धि समस्या र समाधान विषयमा आफ्ना बिचारहरु ब्यक्त गरेका थिए । हिमालयन ट्राभल मार्टको मुख्य सत्रमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबीन्द्र अधिकारीले नेपालमा पर्यटन विकास र विस्तारको प्रचुर सम्भावना भएको र यसको समष्टिगत विकासका लागि सबैको सामुहिक प्रयासमा जोड दिए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल हिमाली गन्तब्यहरुको केन्द्रबिन्दु रहेको र नेपाल साहसिक पर्यटनको मुख्य केन्द्र रहेको बताए । उक्त कार्यक्रममा पाटा नेपाल च्याप्टरका अध्यक्ष शुनिल शाक्यले अतिथिहरुलाई निम्तो स्विकार गरि कार्यक्रममा सहभागि हुन आएकालाई धन्यवाद ज्ञापन गरेका थिए ।

यस कार्यक्रममा, अन्तराष्ट्रिय चीन लगानी मञ्चका अध्यक्ष डा. मार्कोस लि ले चीनको पर्यटन बजारवाट कसरी नेपालले कसरी फाइदा लिन सक्छ भन्ने विषयमा आफ्नो प्रस्तुती राखेका थिए । यसैगरि भारत चलचित्र उद्योगका प्रशिद्ध निर्देशक मधुर भन्डारकरले पर्यटनले चलचित्रवाट कसरी फाइदा लिन सक्छ भन्ने विषयमा आफ्ना विचार व्यक्त गरे । अन्तर्राष्ट्रिय ब्लगर्स संघका अध्यक्ष म्याट गिव्सनले नेपाललाई कसरी बिद्युतिय माध्यमवाट फाइदा लिन सकिन्छ भन्ने बिषयमा विचार ब्यक्त गरे ।