नेपालकाे हवाई यातायात क्षेत्रकाे सुधारका लागि मन्त्रालयले निर्माण गर्न लागेकाे दिर्गकालीन कार्ययोजनाका सन्दर्भमा नागरिक उड्डयन विज्ञसमूह र सराेकारवाला निकायसँगकाे कार्यशाला गाेष्ठीलाई सम्बाेधन गर्दै मन्त्री अधिकारीले नाफा हुने ठाउँको उडानबाट सामाजिक उतारदायित्व अन्तर्गत सेवा गर्न अनुराेध गरे ।
संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल एयरलाइन्सले नाफा हुने ठाउँमा मात्र हैन घाटा हुने ठाउँमा पनि उडान भर्नुपर्ने बताएका छन् ।
नेपालकाे हवाई यातायात क्षेत्रकाे सुधारका लागि मन्त्रालयले निर्माण गर्न लागेकाे दिर्गकालीन कार्ययोजनाका सन्दर्भमा नागरिक उड्डयन विज्ञसमूह र सराेकारवाला निकायसँगकाे कार्यशाला गाेष्ठीलाई सम्बाेधन गर्दै मन्त्री अधिकारीले नाफा हुने ठाउँको उडानबाट सामाजिक उतारदायित्व अन्तर्गत सेवा गर्न अनुराेध गरे । नेपाल एयरलाइन्सले निजी क्षेत्रलाई पनि उदाहरणीय बनेर देखाउन अावश्यक रहेकाे बताए ।
यसैबीच काठमाडौकाे प्रदूषणकाे कारण पर्यटन धेरै दिन बस्न नसकेको बताए । पछिल्लो समय धेरै ठाउँबाट एरपाेर्टमा बढ्दाे एयर ट्राफिक जामकाे कारण पर्यटकहरू धेरै समय नबस्ने र नअाउने गरेकाे अाराेपहरु अाउन लागेकाे मन्त्री अधिकारीकाे भनाइ छ । उनले लामाे दुरिका सडकहरुकाे निर्माणकार्य नसकिएका कारण एयर ट्राफिक जाम बढेको भन्दै त्यसतर्फ पनि ध्यान जान अावश्यक रहेकाे बताए ।