सरकारले आन्दोलनरत सेयर लगानीकर्तालाई वार्तामा बोलायो

अर्थमन्त्रालयका राजश्व सचिव शिशिर ढुङ्गानाले आन्दोलनरत लगानीकर्तालाई वार्तामा बोलाएका हुन् ।

हिजोदेखि पुँजीगत लाभ करमा गरिएको वृद्धिप्रति विरोध जनाइरहेका सेयर लगानीकर्तालाई सरकारले वार्तामा बोलाएको छ । सरकारले वार्तामा बोलाएपछि लगानीकर्ताका तीन संस्थाका प्रतिनिधि सिंहदरबार पुगेका छन् । अर्थमन्त्रालयका राजश्व सचिव शिशिर ढुङ्गानाले आन्दोलनरत लगानीकर्तालाई वार्तामा बोलाएका हुन् ।

सरकारले हिजाेदेखि हकप्रद र बोनस सेयरमासमेत अङ्कित मूल्यमै लाभ कर लगाउने परिपत्र गरेको थियो ।