लगानीकर्ताको नाममा अराजकताको भीड

लगानीकर्ताको नाममा अराजक समूहको भीड बढ्न थालेको छ । सो समूहले पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरिमाथि हातपात प्रयास गरेको छ । सरकारले बोनस र हकप्रद सेयरको अंकित मूल्यमा पुँजीगत लाभकर लगाउने निर्णयसँगै सुरु भएको आन्दोलनका नाममा धितोपत्र बोर्डमा पुगेको एउटा समूहले गिरीमाथि हातपात गरेको हो । नेपाल स्टक एक्सचेन्जमा धर्ना दिएर विरोध...

लगानीकर्ताको नाममा अराजक समूहको भीड बढ्न थालेको छ । सो समूहले पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरिमाथि हातपात प्रयास गरेको छ । सरकारले बोनस र हकप्रद सेयरको अंकित मूल्यमा पुँजीगत लाभकर लगाउने निर्णयसँगै सुरु भएको आन्दोलनका नाममा धितोपत्र बोर्डमा पुगेको एउटा समूहले गिरीमाथि हातपात गरेको हो ।

नेपाल स्टक एक्सचेन्जमा धर्ना दिएर विरोध जनाउन धितोपत्र बोर्ड पुगेको लगानीकर्ताको समूह उनकै कारण नयाँ कर नीति आएको भनेर गिरीमाथि जाइलागेका थिए । आन्तरिक राजस्व विभागले आइतबार नेप्सेलाई पत्रिरपत्र गरी नयाँ कर नीति अघि सारेको थियो ।