लगानीकर्ता सङ्घसङ्गठनको ह्विप निस्तेज पार्दै ४३ करोडको सेयर किनबेच

सोमबार ५ हजार ५ सय ३९ कारोबारबाट १० लाख ९० हजार ६ सय ३ कित्ता सेयर खरिदबिक्री भई ४३ करोड ३ लाख ८० हजार रुपैयाँबराबरको कारोबार भएको छ । आइतबार ९ लाख ९७ हजार ३ सय ३८ कित्ता सेयर खरिदबिक्री भई ५४ करोड ६६ लाख ६१ हजार रुपैयाँको कारोबार भएको थियो ।

लगानीकर्ताका नाममा खुलेका विभिन्न सङ्घसङ्गठन आन्दोलनमा छन् । उनीहरुले लगानीकर्तालाई सेयर कारोबार नगर्न उर्दी दिए । तर, लगानीकर्ता ती सङ्घहरुको उर्दीलाई लत्याउँदै सेयर कारोबारमा सक्रिय भए । सोमबार पुँजीबजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) अन्तिम समयमा आएर सामान्य अङ्कको गिरावट देखिएको छ भने औसत रकमको कारोबार गरेर आन्दोलन निस्तेजजस्तै भएको छ ।

लगानीकर्ताको नाममा देखिएको भीड अराजक बनेको सङ्केतसमेत देखिएको छ । तर, लगानीकर्ताहरु भने नियमित कारोबारमा संलग्न छन् । विगतको न्युन कारोबारभन्दा बढी रकम सेयर खरिदबिक्री भएकाले पनि आन्दोलन निस्तेज भएको भान हुन्छ ।

आइतबार १२७३.९५ अङ्कमा रोकिएको नेप्से सोमबार सुरुमा सामान्य बढेर १३७४.४४ अङ्कसम्म पुगेको थियो । तर, पछि घट्न थालेको नेप्से १२५९ अङ्कसम्म पुगेकोमा लगानीकर्ताहरुको अर्थ मन्त्रालयमा वार्ता सुरु भएको सामाचारसँगै बढेर १२८१.९३ अङ्कसम्म पुगेको थियो । तर, फेरि वार्ता विफल भएको खबरसँग नेप्से झरेर १२६०.२७ अङ्कसम्म झरे पनि अन्तिम समयमा बाउन्स ब्याक हुँदै ५.११ अङ्कले घटेर १२६८.८४ अङ्कमा रोकिएको छ । अन्तिमको कारोबारले भने बजारमा सकारात्मक सन्देश दिन खोजेको पाइन्छ । यद्यपि पुँजीगत लाभकरको विषयले टुङ्गो नपाएसम्म बजार तङ्ग्रिने स्थिति भने देखिँदैन । आइतबार पनि बजार ३४ अङ्कले घटेको थियो ।

आगामी आर्थिक बर्षको बजेटमा सरकारले आगामी आर्थिक वर्ष २०७५÷७६ को बजेटमा पुँजीगत लाभर व्यक्तिगत साढे ७ प्रतिशत र संस्थागत १५ प्रतिशत पु¥याएसँगै लगानीकर्ता हतोत्साही भएका थिए । झन् आइतबार आन्तरिक राजस्व विभागले बोनस र हकप्रद सेयरको अङ्कित मूल्यमै पुँजीगत लाभकर लगाउने निर्णयले लगानीकर्ताका सङ्घसङ्गठन आक्रोशित हुँदै आन्दोलनमा उत्रिए पनि कारोबार भने रोकिएन र नियमित नै भयो । सोमबार कारोबार नगर्न लगानीकर्तालाई लगानीकर्ताका नाममा खुलेका विभिन्न सङ्घसंस्थाले आग्रह गरे पनि व्यवहारमा भने त्यो देखिएन ।

सोमबार ५ हजार ५ सय ३९ कारोबारबाट १० लाख ९० हजार ६ सय ३ कित्ता सेयर खरिदबिक्री भई ४३ करोड ३ लाख ८० हजार रुपैयाँबराबरको कारोबार भएको छ । आइतबार ९ लाख ९७ हजार ३ सय ३८ कित्ता सेयर खरिदबिक्री भई ५४ करोड ६६ लाख ६१ हजार रुपैयाँको कारोबार भएको थियो ।
सोमबार अन्य समूह सूचक २४.१५ अङ्कले बढे पनि अन्य ९ ओटा समूह सूचक भने घटेको छ । ९ ओटा समूह सूचक घटेपछि नेप्से सामान्य हिसाबले घट्न पुगेको छ । नेप्सेका अनुसार सोमबार बैङ्किङ ६.०८, व्यापार २.८७, होटल २८.६२, विकास बैङ्क ५.८, जलविद्युत् २७.१६, वित्त ५.७६, बिमा ६५.७५, उत्पादनमूलक तथा प्रशोधन १८.३२ र लघुवित्त ३१.१३ अङ्कले घटेको छ ।