कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले कालीमाटी फलफुल तथा तरकारी बजारको अनुगमन गरेका छन । अनुगमन पछि पत्रकारसँ बोल्दै मन्त्री खनालले कालीमाटी तरकारी बजारका बारेमा धेरै गुनासो र निवेदन आएकाले कृषकलाई मर्का नपरोस भनेर अनुगमन गरिएको बताए ।
किसानले उत्पादन गरेका सामान बजारसम्म आइ पुग्दा धेरै महङ्गो हुने गरेको र विचौलियाको विगविगी अन्त्य गर्न मन्त्रालयल लाग्ने उनले बताए ।‘किसानले उत्पादन गरेको सामान बजारसम्म आइपुग्दा धेरै महंगो हुने गरेको रहेछ । तीन चरा वटा तह पार गर्नु परेको देखियो’ उनले भने, ‘बजार र स्टल कब्जा गर्ने र विचौलियाको चलखेल अन्त्य गर्न अनुगमन सुरु गरेका छौँ ।’
एक व्यक्ति १५ बर्षसम्म मात्रै बजार गरी बस्न पाउने कार्यविधि खारेज गरी गोला प्रथाद्धारा ठाउँ उपलव्ध गराइने मन्त्री खनालले जानकारी दिए । उनले उपभोक्ताको गुणस्तर विपरीत अस्वस्थकर र झिंगा भन्केका तरकारी र माछा लगायतका पसलहरुलाई कारबाही गर्ने चेतावनी दिए । उनले कालीमाटीमा कोल्ड स्टोर निर्माण हुने बताए ।
कालीमाटी तरकारी बजार बाहेक काठमाडौँमा आवश्यकताअनुसार विभिन्न नाकाहरुमा १० ओटा बजार निर्माण गर्न मन्त्रालय जुटेको उल्लेख गरे । किसानको नाममा भएका स्टल तथा विचौलिया अन्त्य गर्ने गरी मन्त्रालय अघि बढेको उनले बताए । अनुमगनमा कृषि राज्यमन्त्री रामकुमारी चौधरी पनि सहभागि थिए ।