नेप्सेमा १० अङ्कको वृद्धि

बुधबार नेप्सेमा ३ हजार ८ सय ७७ व्यापारबाट १ सय ६४ कम्पनीको झन्डै १० लाख ४४ हजार कित्ता सेयर व्यापार भयो ।

बुधबार नेप्से परिसूचक १० दशमलव ५३ अङ्क (शून्य दशमलव ७ प्रतिशत) बढेको छ । व्यापारमा आएका सबै समूहको परिसूचक उकालो लागेकाले समग्र नेप्सेमा सकारात्मक प्रभाव परेको हो । केही दिनयता घट्दो क्रममा रहेको नेप्से लगातार २६ अङ्कको गिरावटपछि बुधबार सामान्य सुधार देखिएको हो ।

बुधबार नेप्सेमा ३ हजार ८ सय ७७ व्यापारबाट १ सय ६४ कम्पनीको झन्डै १० लाख ४४ हजार कित्ता सेयर व्यापार भयो । यसबाट नेप्सेमा ४८ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्ला दिनका कारोबार रकमका आधारमा नेप्सेको बुधबारे कारोबार निकै कम हो ।

यस दिन ग्लोबल आईएमई बैङ्कको ५ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुवेर मर्चेन्ट फाइनान्सको सेयर मूल्य ९ दशमलव ६३ प्रतिशत बढेको छ भने प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य ३ दशमलव ९८ प्रतिशत सस्तिएको छ ।