विभागले आइतबारदेखि लाभकर असुल उपर गर्न धितोपत्र बोर्ड, सीडीएससी र नेपाल स्टक एक्सचेन्जलार्इ निर्देशन दिएको थियो ।
लगानीकर्ताको चर्को विरोधपछि हकप्रद र बोनस सेयरको आधार मूल्यमा पुँजीगत लाभकर लगाउने निर्णय आन्तरिक राजस्व विभागले फिर्ता लिएको छ । विभागले आइतबारदेखि लाभकर असुल उपर गर्न धितोपत्र बोर्ड, सीडीएससी र नेपाल स्टक एक्सचेन्जलार्इ निर्देशन दिएको थियो ।
राजस्व विभागको निर्देशनपछि लगानीकर्ताको चर्को विरोध र कारोबार नै ठप्प पारेपछि विभाग पछाडि हट्न बाध्य बनेकाे हाे । लगानीर्ताले सोमबारदेखि विभागको निर्देशन फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेका थिए ।