पेट्रोलियम पदार्थको मुल्य बढेको भन्दै नेविसंघ बागलुङद्वारा प्रशासन कार्यालय अगाडी विरोध प्रदर्शन

नेपाल विद्यार्थी संघ बागलुङले पेट्रोलियम पदार्थको मुल्य बढेको भन्दै बुधबार जिल्ला प्रशासन अगाडी विरोध ¥याली तथा धर्ना गरेको छ । सरकारले खाद्यान्न, पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य बस्तुमा गरेको चरम मुल्य वृद्धिको गरेकाले विरोध गर्नुपरेको नेविसंघ बागलुङका अध्यक्ष खडक थापाले बताए ।

मंगलबार जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद पाण्डेलाई ज्ञापन पत्र बुझाइएको र बुधबार कालोझण्डा सहित विरोध प्रदर्शन गरिएको नेविसंघ बागलुङका सचिव श्रीकृष्ण पौडेलले जानकारी दिए ।

जनताले ओली सरकारबाट लिएको अपेक्षा अनुसार नेतृत्व गर्न नसकेको प्रति विरोध जनाउदै महंगी, मुल्य बृद्धि, हत्यारालाई विना सर्त रिहाई जस्ता गतिविधि निन्दनिय रहेको नेविसंघ बागलुङले जनाएको छ ।