नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०४९÷८÷५ मा भएको निर्णयबाट तारागाउँ विकास समितिको स्वामित्वमा रहेको काठमाडौंको बौद्धस्थित ३०४ रोपनी जग्गामध्ये १५० रोपनी जग्गा प्रति रोपनी १० लाखका दरले तारागाउँ रिजेन्सी होटल्स (हायत)को सेयरमा लगानी गर्ने र बाँकी १५४ रोपनी जग्गा लिजमा दिने भनी निर्णय भएको देखिन्छ ।
तारागाउँ विकास समितिको स्वामित्वमा रहेको होटल हायातको सेयरमा कुनैपनि निर्णय नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भनाइ छ । मन्त्रालयले बुधवार विज्ञप्ति जारी गर्दै सेयर सम्बन्धमा कुनै निर्णय नभएको उल्लेख गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०४९÷८÷५ मा भएको निर्णयबाट तारागाउँ विकास समितिको स्वामित्वमा रहेको काठमाडौंको बौद्धस्थित ३०४ रोपनी जग्गामध्ये १५० रोपनी जग्गा प्रति रोपनी १० लाखका दरले तारागाउँ रिजेन्सी होटल्स (हायत)को सेयरमा लगानी गर्ने र बाँकी १५४ रोपनी जग्गा लिजमा दिने भनी निर्णय भएको देखिन्छ ।
उक्त होटलमा रहेको तारागाउँ विकास समितिको सेयर स्वामित्व तथा लिजमा दिइएको जग्गाको सम्बन्धमा लगानी तथा प्रतिफलको वर्तमान अवस्था, नाफानोक्सान, हालसम्म समितिलाई प्राप्त भएको लाभको विश्लेषण गरी यस विषयमा गर्नुपर्ने सुधारका लागि सिफारिस गर्न नेपाल सरकार (सचिवस्तर)को मिति २०७२ चैत्र २८ गतेको निर्णयबाट छानबिन समिति गठन गरिएको थियो । उक्त छानबिन समितिले पेस गरेको प्रतिवेदनबाट होटलले पटकपटक प्रयास गर्दासमेत अनुसन्धानमा असहयोग गरेको तथा कुनै कागजात उपलब्ध नगराएको जनाएको छ ।
नेपाल सरकार र तारागाउँ विकास समितिबीच भएको सम्झौतामा तारागाउँ रिजेन्सी होटल्स (हायत)को व्यवस्थापनका लागि सञ्चालक समिति रहने र उक्त समितिमा तारागाउँ विकास समितिले नियुक्त गरेका ३ जना सञ्चालक रहने व्यवस्था छ ।
तारागाउँ विकास समिति (गठन) आदेश, २०३४ को दफा २ मा व्यवस्था भएअनुसार नेपाल सरकारले मनोनीत गरेको व्यक्ति अध्यक्ष रहने र उक्त समितिमा अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र त्यस मन्त्रालयका उपसचिवहरु एवम् नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख समेत सदस्य रहेने व्यवस्था छ ।
नेपाल सरकार (मन्त्रिपरिषद)को उक्त निर्णयबाट २०४९ असोज २२ गते तारागाउँ विकास समिति र निजी साझेदारको तर्फबाट राधेश्याम सराफ लगायतसँग सम्झौता भएको देखिन्छ । उक्त सम्झौतामा १५० रोपनी जग्गा बराबर १५ करोड, पुराना भवन र पर्खालको १ करोड १९ लाख ४२ हजार र राष्ट्रिय अन्तर्राष्ट्रिय परामर्श गर्न सम्भाव्यता अध्ययनका लागि ८० लाख ५६ हजार गरी जम्मा १७ करोड रुपैयाँ बराबरको ३९.७७ प्रतिशत सेयर तारागाउँ विकास समितिको नाममा कायम भएको उक्त सम्झौतामा उल्लेख छ ।