एयरलाइन उद्योगको पूर्ण रणनीतिक मार्गदर्शन तथा आईएटीएको सम्पूर्ण गतिविधि देखरेख गर्ने यो आईएटीएको सर्वोच्च निकाय हो ।
कतार एयरवेज समूहका मुख्य कार्यकारी अधिकारी अकबर अल बेकरले आईएटीएको बोर्ड अध्यक्षका रूपमा अस्ट्रेलियाको सिडनीमा हुने इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसनको वार्षिक साधारण सभामा भाग लिएका छन् । एयरलाइन उद्योगको पूर्ण रणनीतिक मार्गदर्शन तथा आईएटीएको सम्पूर्ण गतिविधि देखरेख गर्ने यो आईएटीएको सर्वोच्च निकाय हो ।
गभर्नर्स बोर्डको अध्यक्षको हैसियतले बेकरले पहिलो पटक २०१८ जून ५ का दिन अन्तर्राष्ट्रिय सञ्चार माध्यमका लागि प्रेस सम्मेलनको आयोजना गरे । यो दिन निकै प्रासङ्गिक छ किनकि एक ठीक वर्षअघि ५ जून २०१७ मा आजकै दिन कतार विरुद्ध सऊदी अरब, मिस्र, बहराइन र संयुक्त अरब अमीरातले अवैध नाकाबन्दी गरेका थिए ।
प्रेस सम्मेलनमा बेकरले भने, ’मलाई आउँदो वर्षका लागि आईएटीए बोर्ड अफ गभर्नर्सको अध्यक्ष बनाइएकोमा सम्मानित महसुस गरिरहेको छु ।’ उनले अगाडि भने, ‘हवाइ यातायात क्षेधको यस्तो प्रतिष्ठित नेतृत्व पाउनु मेरा लागि एउटा ठूलो सम्मान हो ।’
सिडनीमा आईएटीएको वार्षिक साधारण सभामा अल बेकर तथा आईएटीएका महानिर्देशक अलेक्जेन्ड्रे डी जुनियाकले आईएटीए तथा कतार एयरवेजले दिने प्रशिक्षण साझेदारी समझौतेमा हस्ताक्षर गरेका थिए । कतार एयरवेजलाई आईएटीएको क्षेत्रीय प्रशिक्षण केन्द्रमा रुपमा मान्यता दिइएको छ ।