विराेधले राम्राे काम गर्न छेक्दैन : मन्त्री अधिकारी

'केही गर्न खाेज्दा पनि विराेध, नगर्दा पनि विरोध अाउँछ,' मन्त्री अधिकारी ले भने, 'त्याे पनि बुझ्नेहरुबाटै हुन्छ ।' जतिसुकै विरोध अाएपनि अाफू र मन्त्रालयलाई केही असर नपर्ने भन्दै काम गर्न नछाड्ने बताए ।

सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले केही गर्न खाेज्दा विरोध अाएकाे दुखेसो पाेखे । ‘केही गर्न खाेज्दा पनि विराेध, नगर्दा पनि विरोध अाउँछ,’ मन्त्री अधिकारी ले भने, ‘त्याे पनि बुझ्नेहरुबाटै हुन्छ ।’ जतिसुकै विरोध अाएपनि अाफू र मन्त्रालयलाई केही असर नपर्ने भन्दै काम गर्न नछाड्ने बताए ।

विवादकाे पछि लागे यस क्षेत्रकाे विकास कहिलै हुन नसक्ने मन्त्री अधिकारीकाे भनाइ छ । पर्यटन मन्त्रालयले गठन गरेको पर्यटन क्षेत्रका प्रवुद्ध विज्ञ समूहकाे कार्यशाला गाेष्ठी उद्घाटन गर्दै मन्त्री अधिकारीले सबै सकारात्मक भएमात्र पर्यटन क्षेत्रकाे विकास सम्भव हुने बताए । उनले नेपालकाे एकमात्र उत्पादन भनेको पर्यटन भएकाले यसैमा सबैकाे ध्यान जान जरुरी रहेको बताए । उनले नेपालकाे पर्यटन क्षेत्रमा विस्तारै विकास हुँदै गएको भएपनि गुणात्मक रुपमा विकास हुन नसकेकाले त्यसतर्फ पनि ध्यान दिन अावश्यक रहेको बताए ।