सेयर बजार २५ अङ्कले ओरालो, ४७ करोडको कारोबार

बिहीबार सबैभन्दा धेरै मेगा बैङ्कको सेयर २ करोड ७ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन सबैभन्दा बढी नागबेली लघुवित्त विकास बैङ्कको सेयर ७.६६ प्रतिशतले घटेको छ । बजारमा ठूलो गिरावट आउँदा पनि समता माइक्रोफाइनान्सको सेयर मूल्य सबैभन्दा बढी ३.९६ प्रतिशतले बढेको छ ।

साताको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) २५.६८ अङ्कले झरेर १२५७.०७ अङ्कमा रोकिएको छ । बुधबार मध्याह्नबाट सुरु भएको कारोबारमा नेप्से १३.९१ अङ्कको सुधार कायम राख्दै १२८२.७५ अङ्कमा रोकिएको थियो । सुरुमा बढ्ने सङ्केत गरेर १२८५.७० अङ्कसम्म चढेको नेप्से त्यसपछि भने निरन्तर ओरालो लागेको हो ।

सरकारले बोनस र हकप्रद सेयरको अङ्कित मूल्यमै पुँजीगत लाभ कर लगाउने निर्णयपछि मङ्गलबार रोकिएको सेयर कारोबार बुधबार मध्याह्नबाट सुरु भएको थियो । आगामी आर्थिक वर्ष २०७५\७६ को बजेटपछि आन्तरिक राजस्व विभागले नेप्सेलाई पत्र लेख्दै गत आइतबार बोनस र हकप्रद सेयरको अङ्कित मूल्यमै पुँजीगत लाभकर लगाउने घोषणा गरेको थियो । तर, लगानीकर्ताहरु आन्दोलनमा उत्रिए र सरकार एक कदम पछि हट्दै बुधबार पूर्ववत् विधिअनुसार लाभकर गणना हुने जनाएपछि कारोबार नियमित भएको हो । सरकारले पुँजीगत लाभकरसमेत बढाएर ७.५ प्रतिशत पु¥याएको छ ।

बिहीबार नेप्सेमा वर्गीकृत समूह उपसूचकमध्ये कारोबार भएका ९ ओटा समूह सूचक ओरालो लागेपछि नेप्सेले झट्का बेहोरेको हो । यस दिन सबैभन्दा बढी बिमा समूहको १७४.७६ अङ्कको गिरावट देखिन्छ । त्यसपछि होटल समूह ३९.३९, जलविद्युत् ३५.५९, लघुवित्त ३५.५४, विकास बैङ्क २४.४५, उत्पादनमूलक तथा प्रशोधन १६.८, अन्य समूह १४.७८ र वित्त कम्पनी समूह ५.६६ अङ्कले झरेका छन् ।

सूचकमा उच्च गिरावट देखिए पनि कारोबारमा भने केही सुधार भएको छ । बिहीबार ६ हजार ५ सय ९३ कारोबारबाट १४ लाख ४१ हजार २ सय ७७ कित्ता सेयर किनबेच भई ४६ करोड ८५ लाख ६० हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । बुधबार करिव २ घण्टाको कारोबारमा २३ करोड ८९ लाख रुपैयाँबराबरका सेयर खरिदबिक्री भएको थियो ।

बिहीबार सबैभन्दा धेरै मेगा बैङ्कको सेयर २ करोड ७ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन सबैभन्दा बढी नागबेली लघुवित्त विकास बैङ्कको सेयर ७.६६ प्रतिशतले घटेको छ । बजारमा ठूलो गिरावट आउँदा पनि समता माइक्रोफाइनान्सको सेयर मूल्य सबैभन्दा बढी ३.९६ प्रतिशतले बढेको छ ।