सार्वजनिक भयो भिजिट २०२० को लोगो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको अध्यक्षतामा सुक्रबार बसेको बैठकले लोगो सार्वजनिक गरेको हो ।

भिजिट नेपाल २०२० को लोगो सार्वजनिक गरिएको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने तयारीका साथ भिजिट नेपालको घोषणा गरेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको अध्यक्षतामा सुक्रबार बसेको बैठकले लोगो सार्वजनिक गरेको हो । पर्यटनमन्त्री अधिकारीले ट्विटरमा लोगो सार्वजनिक गर्दै सबैलाई नेपालमा निमन्त्रणा गरेका छन् ।

भिजिट नेपाल २०२० को प्रचारप्रसारका लागि लोगो सार्वजनिक भएको हो ।