आइतबार परिसूचकमा २५.४३ अङ्क अर्थात् २.०२ प्रतिशतको गिरावट आएको हो । गत साताको अन्तिम दिन बिहीबार पनि २५.६८ अङ्कको गिरावट देखिएको थियो । त्यसैगरी सेन्सेटिभ सूचक पनि ५.३ अङ्कले घटेर २५९.१६ अङ्कमा झरेको छ ।
साताको पहिलो दिन आइतबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से)मा उच्च गिरावट देखिएको छ । कारोबारको पहिलो आधा घण्टा सामान्य देखिएको बजार त्यसपछि लगातार घटेर १२३१.६४ अङ्कमा ओर्लिएको छ ।
आइतबार परिसूचकमा २५.४३ अङ्क अर्थात् २.०२ प्रतिशतको गिरावट आएको हो । गत साताको अन्तिम दिन बिहीबार पनि २५.६८ अङ्कको गिरावट देखिएको थियो । त्यसैगरी सेन्सेटिभ सूचक पनि ५.३ अङ्कले घटेर २५९.१६ अङ्कमा झरेको छ ।
नेप्सेमा वर्गीकृत समूह उपसूचकमध्ये कारोबार भएका ९ ओटै समूह सूचक ओरालो लागेपछि नेप्सेले झट्का व्यहोरेको हो । आज सबैभन्दा बढी बिमा समूहको २१७.२४ अङ्कको गिरावट देखिएको छ । त्यैगरी होटल समूह ५४.४६, जलविद्युत् २७.२७, लघुवित्त ४३.९६, विकास बैङ्क २२.२५, उत्पादनमूलक तथा प्रशोधन २७.०१, अन्य समूह ९.१३ र वित्त कम्पनी समूह ५.४७ अङ्कले झरेका छन् ।
सूचकमा उच्च गिरावटससँगै कारोबार रकममा पनि सामान्य गिरावट देखिएको छ । आइतबार १ सय ६२ कम्पनीको ५ हजार ७ सय ११ कारोबारबाट ११ लाख ७६ हजार ३४ कित्ता सेयर किनबेच भई ४४ करोड ३३ लाख ९२ हजार ८ सय (म्यानुअल ३ करोड २५ लाख २ हजार ९ सयसमेत गरी) रुपैयाँ बराबरको सेयर खरिद विक्री भएको छ । बिहीबार ६ हजार ५ सय ९३ कारोबारबाट १४ लाख ४१ हजार २ सय ७७ कित्ता सेयर किनबेच भई ४६ करोड ८५ लाख ६० हजार रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।
आइतबार सबैभन्दा धेरै मेगा बैङ्कको ४ करोड २० लाख २९ हजार रुपैयाँको कारोबार भएको छ ।