दिगो तथा जिम्मेवार पर्यटनको अवधारणालाई आत्मसात गरी नेपालमा सञ्चालित ‘कम्युनिटी होम–स्टे नेटवर्क’लाई विश्वप्रख्यात बृहत् इलेक्ट्रोनिक वाणिज्य (ई–कमर्स) कम्पनी – बुकिङ डट्कमले बुकिङ बुस्टर कार्यक्रम मार्फत विश्वसमुदायमा दिगो पर्यटन विकास र विस्तारमा कार्यरत स्टार्ट–अप कम्पनीरुमध्ये उत्कृष्ट १० को सूचीमा राख्दै करिब सवा ३ करोड ( दुई लाख २५ हजार युरो) रुपैयाँ अनुदान प्रदान गरेको हो ।
कम्युनिटी होम–स्टे सञ्जाललाई बुकिङ डटकमले सवा ३ करोड अनुदान दिएको छ ।
दिगो तथा जिम्मेवार पर्यटनको अवधारणालाई आत्मसात गरी नेपालमा सञ्चालित ‘कम्युनिटी होम–स्टे नेटवर्क’लाई विश्वप्रख्यात बृहत् इलेक्ट्रोनिक वाणिज्य (ई–कमर्स) कम्पनी – बुकिङ डटकमले बुकिङ बुस्टर कार्यक्रम मार्फत विश्वसमुदायमा दिगो पर्यटन विकास र विस्तारमा कार्यरत स्टार्ट–अप कम्पनीरुमध्ये उत्कृष्ट १० को सूचीमा राख्दै करिब सवा ३ करोड ( दुई लाख २५ हजार युरो) रुपैयाँ अनुदान प्रदान गरेको हो ।
विश्वव्यापी पाहुनाहरुलाई नेपाली समुदायको संस्कृति, रहनसहन, भेषभुषा, खानपिन लगायत विविध स्थानीय पक्षहरुको वास्तविक अनुभव प्रदान गर्ने सेवा उपलब्ध गराएको भन्दै बुकिङ डटकमले अनुदान दिएको हो । कम्युनिटी होम–स्टेले स्थानीयलाई पर्यटन सेवामा आबद्ध गराई लाभान्वित गराउनुका साथै विभिन्न १३ ओटा समुदायमा महिला सशक्तीकरणमा समेत सहयोग पुर्याइरहेको छ ।
विश्वव्यापी बृहत् ई–कमर्स कम्पनी– बुकिङ्ग डट्कमद्वारा सञ्चालित ‘द बुकिङ बुस्टर’ तीन हप्ते क्षमता अभिवृद्धि र सदस्यता अभिमुखीकरण तथा सशक्तीकरण कार्यक्रम हो । जसले विश्वभरिबाट चयन भएका प्रत्येक कम्पनीहरुलाई ५० हजार युरो राशी बराबरको अनुदान प्राप्त गर्ने अवसर प्रदान गर्दछ ।
२०१८ मई १५ देखि ३१ सम्म नेदरल्यान्डको एम्स्ट्र्डममा सम्पन्न कार्यक्रममा नेपालबाट ‘कम्युनिटी होम–स्टे नेटवर्क’का संस्थापक शिवप्रसाद ढकालले सहभागिता जनाएका थिए । कार्यक्रममा बुकिङ डटकमले गन्तव्यहरुमा अधिक पर्यटकीय चाप न्यूनीकरण गर्न तथा वातावरणीय एवम् सामाजिक पक्षहरुलाई सकारात्मक प्रभाव पर्नेगरी स्थानीय समुदायहरुको स्तरोन्नति र समृद्धिका लागि क्रियाशील रहेका विश्वसमुदायबाट आमन्त्रित १० कम्पनीलाई करिब २० लाख युरो बराबरको राशी अनुदान गरेको थियो । नेपालबाट प्रथम पटक चयन भएको कम्युनिटी होम–स्टेले दुई लाख २५ हजार युरो प्राप्त गर्नुका साथै बुकिङ डटकमका विविध रणनीतिक विशेषज्ञहरुबाट वर्षभरि निरन्तर सल्लाह–सुझाव तथा आवश्यक तालिमहरु प्राप्त गर्ने अवसर प्राप्त गरेको छ । साथै, बुकिङ डटकमले भविष्यमा संस्थाको विकासका लागि सम्भावित नवीनतम अभ्यास तथा प्रयोगहरुका लागि समेत सहयोग र सहकार्य प्रदान गर्ने भएको छ ।
यस अतिरिक्त ‘एमाजोन वेब सर्भिसेस’ ले कम्युनिटी होम–स्टेको अभ्यास एवम् सेवालाई प्रवर्द्धन गर्न क्रेडिट, ट्रेनिङ एन्ड सपोर्ट जस्ता एमाजोन अनलाइन सेवा तथा स्रोत उपलब्ध गराउने भएको छ ।