नेप्सेमा आगलागी हुँदा ७० लाखको क्षति

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कार्यालयमा आगलागी हुँदा ७० लाख रुपैयाँबराबरको क्षति भएको नेप्सेको उच्च स्रोतले बताएको छ । बुधवार राति साढे ९ बजेतिर आगो लागेका हो । सिंहदरबारनजिकैको ट्रान्समिटर पड्किएपछि त्यसको असरले नेप्सेमा आगो लागेको नेप्सेको अधिकारीहरूले बताएका छन् ।

आगलागीका कारण नेप्सेको कारोबार सुरु हुन नियमित समयभन्दा दुई घन्टा ढिलो भएको छ । ट्रान्समिटर पड्किएपछि राष्ट्रिय प्रसारण लाइनको विद्युत् आपूर्ति बन्द भएको थियो । त्यसपछि जेनेरेटरबाट विद्युत् आपूर्ति गर्दा नेप्सेको सर्भरले काम नगरेको नेप्सेका सहप्रवक्ता मुराहरि पराजुलीले बताए । अागलागीबाट महत्वपूर्ण कागजात र बहुमूल्य सामग्रीमा असर नपरेकाले ठूलाे क्षति हुन नपाएकाे नेप्सेका अधिकारीहरूले बताएका छन् । उक्त क्षति रकमकाे पनि बिमा गरिएकाले खासै घाटा नपर्ने उनीहरूकाे भनाइ छ ।

बिहीबार नेप्सेको कारोबार दिउँसो १ बजेबाट मात्रै दोस्रो बजार कारोबार सुरु भएको छ । यस दिन दिउँसो ५ बजेसम्म सेयर करोबार हुने भएको छ ।