११ कम्पनीका ७ अर्ब ५४ करोडको हकप्रद सेयर आउँदै

बोर्डका अनुसार उत्पादन क्षेत्रको श्रीराम चिनी उद्योगले ८९ लाख तीन हजार ९ सय ४९ कित्ता हकप्रद सेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको छ । उद्योगले एक कित्ता बराबर तीन कित्ता सेयर दिने गरी प्रस्ताव गरेको हो । सो उद्योगको हकप्रद सेयरको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल हाे ।

विभिन्न ११ कम्पनीका सात अर्ब ५४ करोड ७० लाख २४ हजार ८१ रूपैयाँ मूल्य बराबरको ७५ करोड ४७ लाख २४० कित्ता हकप्रद सेयर निष्काशनको तयारी गरिएको छ ।

ती कम्पनीले नेपाल धितोपत्र बोर्डमा हकप्रद सेयर बिक्रीका लागि आवेदन दिएका छन् । बोर्डका अनुसार उत्पादन क्षेत्रको श्रीराम चिनी उद्योगले ८९ लाख तीन हजार ९ सय ४९ कित्ता हकप्रद सेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको छ । उद्योगले एक कित्ता बराबर तीन कित्ता सेयर दिने गरी प्रस्ताव गरेको हो । सो उद्योगको हकप्रद सेयरको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल हाे ।

यस्तै एनसीसी बैंकले दुई बराबर एक कित्ता सेयर दिने गरी प्रस्ताव गरेको छ । बैंकले दुई अर्ब ३३ करोड ९५ लाख रूपैयाँको दुई करोड ३३ लाख ९५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ ।

बोर्डमा दिएको आवेदनअनुसार उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पाँच बराबर एक कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ । बोर्डले सोधको आवश्यक जानकारीसहित पछिल्लो पटक कागजात पेस गरेका चार वित्तीय संस्थाको पनि हकप्रद सेयर बिक्रीको तयारी गरेको छ ।

एक बराबर एक कित्ता सेयर बिक्री गर्न लागेको कम्पनीमा स्वदेशी लघुवित्तीय संस्था लिमिटेडले ११ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो। त्यसको कुल मूल्य ११ करोड ५० लाख स्पैयाँ छ। एनआइसी एसिया क्यापिटल लिमटिडले सो संस्थाको हकप्रद सेयरको बिक्री प्रबन्ध गर्ने छ ।

यस्तै माइक्रोफाइनान्स समूहकै माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले दुई बराबर एक कित्ताको दरले हकप्रद सेयर बिक्री गर्ने तयारीका साथ बोर्डमा आवेदन दिएको छ । तीन करोड बराबरको तीन लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागिएको छ। सनराइज क्यापिटलले सो संस्थाको हकप्रद सेयर बिक्रीको प्रबन्ध गर्नेछ ।

नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले एक बराबर दुईका दरले छ करोड बराबरको ६ लाख कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । एनएमबी क्यापिटलले बिक्री प्रबन्ध गर्नेछ ।

त्यसैगरी २५ करोड बराबरको २५ लाख कित्ता हकप्रद सेयर बिक्रीको तयारी गरेको सिटी एक्सप्रेस फाइनान्स कम्पनीले पनि आवश्यक तयारी गरेको छ । एक बराबर एक कित्ता हकप्रद सेयर दिने तयारी गरेको सो संस्थाको हकप्रद सेयर बिक्री प्रबन्धक काठमाडौँ क्यापिटल मार्केट हाे ।

बिमा समूहको आइएमइ जनरल इन्स्योरेन्सले दश बराबर आठ कित्ता हकप्रद सेयर बिक्री गर्ने तयारी गरेको छ। ४३ करोड २० लाख रूपैयाँ बराबरको ४३ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्रीको तयारी गरेको छ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले हकप्रद सेयरको बिक्री प्रबन्ध गर्नेछ ।

प्रोग्रेसिभ फाइनान्स कम्पनीले एक बराबर दुई कित्ता हकप्रद सेयर बिक्रीको तयारी गरेको छ । ५९ करोड एक लाख बराबरको ५९ लाख कित्ता सेयर बिक्रीको तयारी गरिएको छ । सनराइन क्यापिटल सो कम्पनीको सेयर बिक्री प्रबन्धक हाे ।

त्यस्तै बोर्डमा आवेदन दिएकामा अपि पावर कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी पनि छन् । अपि पावरले एक बराबर दुई कित्ता सेयर दिने तयारी गरेको छ । दुई अर्ब १० करोड बराबरको २१ करोड कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।

एभरेष्ट इन्सोरेन्सले पनि एक बराबर ६ कित्ता हकप्रद सेयर दिने गरी तयारी गरेको छ । ७२ करोड ९० लाख बराबरको ७२ लाख ९० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने तयारी छ ।

यी दुवै कम्पनीकाे सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्ध गर्नेछ ।