उतार–चढावबीच बुधबार सेयर बजारमा झिनो सुधार

कारोबार सुरु हुनासाथ घटेर १२३५.०१ अङ्कसम्म झरेर बढ्न थालेको नेप्से १२४२.९६ अङ्कसम्म चढेको थियो । त्यसपछि फेरि बजार घट्न थाल्यो र १२३६.४९ अङ्कसम्म झर्यो । तर, कारोबारको अन्तिम समयमा भने बजारमा सामान्य वृद्धि देखियो ।

तीव्र उतार–चढावका बीच मङ्गलबार १.९३ अङ्कले घटेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज बुधबार पनि उतार–चढाव लिँदै अन्तिम समयमा २.८१ अङ्कले बढेर १२४२.०७ अङ्कमा पुगेको छ ।

कारोबार सुरु हुनासाथ घटेर १२३५.०१ अङ्कसम्म झरेर बढ्न थालेको नेप्से १२४२.९६ अङ्कसम्म चढेको थियो । त्यसपछि फेरि बजार घट्न थाल्यो र १२३६.४९ अङ्कसम्म झर्यो । तर, कारोबारको अन्तिम समयमा भने बजारमा सामान्य वृद्धि देखियो ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि तातिएका लगानीकर्ता मौद्रिक नीतिको छलफलसँगै केही नरम देखिएका छन् र त्यसको प्रभाव सेयर बजारमा परेको छ । विगत केही दिनदेखि दैनिक कारोबारमै उतार–चढाव देखिन थालेको छ । यसले बजार कता जान्छ भन्ने आँकलन गर्न गाह्रो भइरहेको छ । केही दिनदेखि मौद्रिक छलफलमा गभर्नर डा चिरञ्जीवी नेपालले व्यक्त गरेका भनाइलाई चलाएर बजारमा खेल्न खोजिएको छ । मौद्रिक नीतिले सेयर बजारको खपत बढाउन बैङ्कहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, अनलाइन कारोबार प्रणालीलाई सहयोग पु¥याउने नीति अख्तियार गर्नुपर्ने र राष्ट्र बैङ्कले गर्नुपर्ने काम छिटो गरेर पुँजी बजारको विकासमा सघाउनुपर्ने लगानीकर्ताले माग गरेका छन् ।

बुधबार नेप्सेमा वर्गीकृत १० उपसमूहमध्ये ९ ओटा समूह सूचक उकालो लागेपछि नेप्सेमा सामान्य वृद्धि भएको हो । यसदिन अन्य समूह सूचक ३.१७ अङ्कले घटेको छ भने भने बैङ्किङ २.४३, व्यापार ०.३४, होटल १७.६४, विकास बैङ्क ६.८४, जलविद्युत् ८.३४, वित्त २.२२, बिमा १८.६६, उत्पादनमूलक र प्रशोधन ११.६४ र लघुवित्त समूह ५.२५ अङ्कले बढेका छन् ।

बुधबार नेप्से सूचक सामान्य वृद्धि भएपनि कारोबार रकम भने करिब ३० प्रतिशतले घटेर २१ करोड ४८ लाख २ हजार रुपैयाँको कारोबार भएको छ । मङ्गलबार ३० करोड २८ लाख ४७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार सबैभन्दा धेरै ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको १ करोड ४० लाख ४७ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । यसदिन राधी विद्युत् कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशत बढेको छ भने कर्णाली डेभलपमेन्ट बैङ्कको सेयर मूल्य सबैभन्दा बढी ७.२६ प्रतिशतले घटेको छ ।