सेयर बजार स्थिर

साताको अन्तिम कारोबार स्थीरप्रायः देखिएको छ । नियमित समयभन्दा २ घण्टा ढिलागरी सुरु भएको विहीवारको ब्यापारमा नेप्से शुन्य दशमलव ५९ अंक (शुन्य दशमलव शुन्य ४ प्रतिशत) घटेको छ । यस दिन नेप्सेमा वित्त कम्पनी, लघुवित्त, उत्पादन तथा प्रशोधन, ब्यापार र ‘अन्य’ समूहको परिसूचक उकालो लागेका छन् भने बाणिज्य बै.क, विकास बैंक, जलविद्युत्, बीमा र होटेल समूहको परिसूचक ओरालो लागेका छन् ।

यस दिन नेपाल ग्रामीण विकास बैंकको सेयर सर्वाधिक ३ करोड ९७ लाख ५० हजार रुपैयाँको कारोबार भयो । कालिका माइक्रोक्रेडिट डेभेलपमेण्ट बैंकको सेयर मूल्य सबैभन्दा बढी १० प्रतिशत महँगियो भने हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्य ५ दशमलव ९६ प्रतिसत सस्तिएको छ ।
विहीवार नेप्सेमा ४ हजार ४ सय ब्यापारबाट १ ससय ५३ कम्पनीको १४ लाख ८४ हजार कित्ता सेयर ४५ करोड ३१ लाख रुपैयाँभन्दा बढीमा ब्यापार भयो । यस दिन नेप्सेको बजार पूँजीकरण १७ खर्ब ६७ अर्ब र फ्लोट बजार पूँजीकरण ५ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ ।