फिफा विश्वकपको उद्घाटन महोत्सव मनाउँदै कतार एयरलाइन

प्रतियोगितामा सहभागीले आफूले फुटबलसँग फ्रिस्टाइल गर्दैगरेको आफ्नो प्रिय ट्रिकको एउटा स्यानो भिडियो बनाएर एयरलाइनलाई पठाउन सक्नेछन् ।

फिफाको आधिकारिक पार्टनर तथा एयरलाइनका रुपमा कतार एयरवेजले २०१८ को फिफा विश्वकप रुसमा भएको शुभारम्भ भव्य रुपले मनाएको छ । विश्वभरिका फुटबल प्रशंसकले तीव्र पतीक्षा गरिरहेको यो महाउत्सवमा कतार एयरवेजले बहुसङ्ख्यक खेलप्रेमीलाई यहाँ आउने तारतम्य मिलाएको छ ।
टूर्नामेन्ट आरम्भ भएको खुसियाली मनाउन पुरस्कार विजेता एयरलाइनले आफ्नो सोसल मिडिया फलोअर तथा फुटबल प्रशंसकहरुका लागि एउटा इन्टरेक्टिभ सोसल मिडिया प्रतियोगिता ३योर फिट च्यालेन्जको अनौठो अवसर प्रदान गरेको छ । यस प्रतियोगितामा सहभागीले आफूले फुटबलसँग फ्रिस्टाइल गर्दैगरेको आफ्नो प्रिय ट्रिकको एउटा स्यानो भिडियो बनाएर एयरलाइनलाई पठाउन सक्नेछन् ।

यसका विजेताले पुरस्कारस्वरुप एयरलाइनको कुनै पनि अन्तर्राष्ट्रिय रुटका बिजनेस क्लासका दुई ओटा टिकट पाउने छन् ।