क्यापिटलको सम्पादकमा चापागाईं

आर्थिक पत्रकारितामा नयाँ आयाम थपेको क्यापिटल बिजनेस म्यागजिनले पहिलो वार्षिकोत्सव शुक्रबार मनाएको छ । क्यापिटलको कार्यालय लाजिम्पाटमा आयोजित कार्यक्रममा निवर्तमान सम्पादक पराजुली र सम्पादक चापागाईंले केक काटेर वार्षिकोत्सवको शुभकामना आदानप्रदान गरेका थिए ।

बिजनेस नेपाल म्यानेजमेन्ट प्रालिद्वारा प्रकाशित प्रिन्ट संस्करण क्यापिटल आर्थिक मासिक र अनलाइन संस्करण क्यापिटलनेपाल डटकमको सम्पादकमा लोकबहादुर चापागार्इं नियुक्त भएका छन् । यसअघि समाचार सम्पादक रहेका उनलाई असार १ गतेदेखि लागू हुने गरि सम्पादक नियुक्त गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिलसम्मको अध्ययन गरेका चापागार्इंले पत्रकारिता क्षेत्रमा १७ वर्षको अनुभव हासिल गरेका छन् । २०५८ मा १० महिने पत्रकारिता तालिम लिएर पत्रकारिता थालेका उनले दृष्टि र आर्थिक अभियान साप्ताहिक, नेपाल समाचार पत्र दैनिकमा संवाददाताका रुपमा काम गरिसकेका छन् । उनले क्यापिटल आउनुअघि कारोबार दैनिकमा ८ वर्ष अर्थतन्त्र तथा बैङ्किङ ब्युरो प्रमुखका रुपमा जिम्मेवारी सम्हालेका थिए । सामाना बैङकिङ पत्रकारिता पुरस्कारसहित विभिन्न संघसंस्थाबाट सम्मान प्राप्त उनले अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रदान गर्ने वित्तिय रिपोर्टिङ, भारतको नयाँ दिल्लीस्थित इन्डियन इन्स्टिच्युट अफ पब्लिक एडमिनिस्ट्रेशनलगायत नेपालकै विभिन्न संस्थाबाट आर्थिक पत्रकारिता तालिम लिएका छन् ।

क्यापिटलको कार्यालयमा शुक्रबार आयोजित पद हस्तान्तरण कार्यक्रममा निवर्तमान सम्पादक राजेन्द्र पराजुलीले नवनियुक्त सम्पादक चापागाईंको कार्यकालमा क्यापिटल म्यागजिन एवम् अनलाइन संस्करणले नयाँ उचाइ हासिल गर्ने बताए । साथै छोटो अवधिमै क्यापिटल म्यागजिन र अनलाइन संस्करणले जुन किसिमले सफलता प्राप्त गरेको छ, त्यसमा संस्थाका कर्मचारी र सहयोगीको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ छ । उनले म्यागजिन एवम् अनलाइन संस्करणको उत्तरोत्तर प्रगतिको कामनासमेत गरे ।

उक्त अवसरमा नवनियुक्त सम्पादक चापागाईंले क्यापिटलको माध्यमबाट आर्थिक पत्रकारितालाई नयाँ किसिमले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘पत्रकारिताभन्दा पनि अहिले सामाजिक सञ्जाल अगाडि देखिएको अवस्था छ,’ उनले भने, ‘तर, हामी सामाजिक सञ्जालभन्दा पनि छिटो सक्रिय हुनुपर्ने चुनौती छ । त्यसैले विश्वसनीय एवं प्रभावकारी रुपमा हामीले त्यो चुनौतीलाई पार लगाउनुपर्छ । त्यसमा म प्रतिबद्ध छु ।’

सम्पादक चापागाईंलाई बिजनेस नेपाल म्यानेजमेन्ट र निवर्तमान सम्पादक पराजुलीले खादा लगाएर स्वागत गरेका थिए । व्यवस्थापनले कठिन परिस्थितिमा क्यापिटलको जिम्मेवारी सम्हालेर यो उचाइमा पु¥याउन योगदान गरेकोमा निवर्तमान सम्पादक पराजुलीलाई धन्यवाद दिँदै आगामी दिन सुखद रहोस् भन्ने शुभकामना दिएको छ । नवनियुक्त सम्पादक चापागार्इंलाई बधाई दिँदै व्यवस्थापनले उनको कार्यकालमा क्यापिटल म्यागजिन र अनलाइन संस्करणले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ ।

पहिलो वार्षिकोत्सव मनाइयो

यसैबीच २०७४ असार १ गते पहिलो अङ्क निकालेर आर्थिक पत्रकारितामा नयाँ आयाम थपेको क्यापिटल बिजनेस म्यागजिनले पहिलो वार्षिकोत्सव शुक्रबार मनाएको छ । क्यापिटलको कार्यालय लाजिम्पाटमा आयोजित कार्यक्रममा निवर्तमान सम्पादक पराजुली र सम्पादक चापागाईंले केक काटेर वार्षिकोत्सवको शुभकामना आदानप्रदान गरेका थिए ।