दुर्घटनाबाट जोगियो यतीको जहाज

घाँसमा चिप्लिएको जहाज निरीक्षणका लागि काठमाडौंबाट इन्जिनियरसहितको टोली लिएर पोखरातर्फ जान लागेको थियो ।

यती एयरलाइन्सको जेटस्ट्रिम जहाज दुर्घटना हुनबाट जोगिएको छ । काठमाडौंबाट ३० जना यात्रुसहित पोखरा गएको उडान नं ६८१ को ९ एन–एएचयू कलसाइनको जहाज अवतरणपछि पार्किङमा जाने क्रममा चिप्लिएर घाँसे मैदानमा पुगेको हो ।

जहाज चिप्लिएको एयरलाइन्सका प्रवक्ता भीमराज राईले जानकारी दिए । दिउँसो पौने ३ बजे अवतरण गरेकोमा जहाजको पिच भाग छाडेर झन्डै १० मिटर बाहिर घाँसे मैदानमा पुगेको हो ।

घाँसमा चिप्लिएको जहाज निरीक्षणका लागि काठमाडौंबाट इन्जिनियरसहितको टोली लिएर पोखरातर्फ जान लागेको प्रवक्ता राईले जानकारी दिए । घाँसमा जहाज चिप्लिए पनि विमानस्थल भने सुचारु रहेको जनाएको छ ।