७० सिट क्षमताको उक्त जहाजले काठमाडौं विमानस्थललाई आधार बनाई माउन्टेन फ्लाइट, भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीमा उडान गर्ने कम्पनीले जानकारी दिएको छ ।
हेलिकप्टरमा पायोनियर श्री एयरले थप नयाँ जहाज भित्र्याएको छ । क्यानेडेयर रिजनल जेट ७०० (सीआरजे) सोमबार मात्र काठमाडौं आइपुगेको एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले जानकारी दिए ।
यससँगै श्रीसँग सीआरजे ७०० जहाज दुई र सीआरजे २०० जहाज दुई पुगेका छन् ।
७० सिट क्षमताको उक्त जहाजले काठमाडौं विमानस्थललाई आधार बनाई माउन्टेन फ्लाइट, भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीमा उडान गर्ने कम्पनीले जानकारी दिएको छ । सीआरजे २०० जहाज भने ५० सिटका हुन् ।
नयाँ जहाजका लागि वायुसेवा सञ्चालन अनुमति तथा प्रमाणपत्र (एओसी) पहिला नै पाइसकेको र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एओसीमै जहाज थपको प्रमाणपत्र दिन बाँकी रहेकाले उडानका लागि केही दिन लाग्ने उनको भनाइ छ । त्यसका लागि मङ्गलबारबाटै प्रक्रिया सुरु गरिएको उनले बताए । श्रीको जहालाई कलसाइन नम्बर दिइसकेको क्यानका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए ।
सरकारले धमाधम नयाँ एयरपोर्ट सञ्चालन गरिरहेको बेला श्रीले नयाँ गन्तव्यको खोजी गरिरहेको छ । एक महिनाअघि मात्र श्रीले राजविराजमा उडान सुरु गरेको छ । नेपालगन्जबाट भारतका विभिन्न ठाउँमा उडानका लागि क्यानसँग पटकपटक अनुमति माग्दा पनि पाएको छैन ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नाफामूलक एयरपोर्टमा मात्र नभई घाटा हुने एयरपोर्टमा पनि जहाज उडाउनका लागि सबै एयरलाइन्सलाई निर्देशन दिइसकेका छन् ।