निरन्तर घटिरह्यो बजार

अर्थ मन्त्रालयले गठन गरेको पुँजीगत लाभकर अध्ययनसम्बन्धी समितिको सिफारिस भन्दै सञ्चारमाध्यमले विभिन्न हौवा फैलाएको र त्यसैको असर नेप्सेमा परेको देखिन्छ । तर मङ्गलबार भने यस्ता कुनै पनि हल्ला कामयावी हुन सकेन र अन्ततः बजार ओरालो लाग्यो ।

सोमबार एकाएक १.९२ अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मङ्गलबार भने दिनभर नै बजार नियमित ओरालो लागेको छ । मध्य समयमा एकपटक केही उठ्ने सङ्केत गरे पनि त्यो धेरै बेर टिक्न सकेन र अन्तिममा ८.९७ अङ्कले घटेर १२२६.१८ अङ्कमा ओलिएको छ । मङ्गलबार दिनभरजसो घटेको बजार अन्तिम समयमा १.९२ अङ्कले बढेर १२३५.१५ अङ्कमा पुगेको थियो ।

खासगरी अर्थ मन्त्रालयले गठन गरेको पुँजीगत लाभकर अध्ययनसम्बन्धी समितिको सिफारिस भन्दै सञ्चारमाध्यमले विभिन्न हौवा फैलाएको र त्यसैको असर नेप्सेमा परेको देखिन्छ । तर मङ्गलबार भने यस्ता कुनै पनि हल्ला कामयावी हुन सकेन र अन्ततः बजार ओरालो लाग्यो । जेठ २० मा आन्तरिक राजस्व विभागले पुँजीगत लाभकर हकप्रद र बोनस सेयरको अङ्कित मूल्यमै लाग्ने नीति लिए पनि जेठ २३ गते कारोबार नै रोकेर लगानीकर्ता आन्दोलनमा उत्रिएका थिए । त्यसपछि अर्थ मन्त्रालयले सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा समिति गठन गर्दै समितिको सिफारिसबमोजिम गर्ने गरी पूर्ण निर्णय फिर्ता लिएको थियो ।

मङ्गलबार नेप्सेमा वर्गीकृत १० मध्ये ९ ओटै उपसमूहको सूचक ओरालो लागेपछि सेयर परिसूचक ओरालो लागेको हो । यस दिन व्यापार समूहकै कुनै कारोबार नभए पनि बैङ्किङ ५.८६, होटल ८.०५, विकास बैङ्क १४.४८, जलविद्युत् २.६४, वित्त ३.१२, बिमा ९३.९, उत्पादनमूलक तथा प्रशोधन १९.१२ र अन्य समूह ३.४६ अङ्कले घटेको छ ।

मङ्गलबार ३ हजार १४ कारोबारबाट ५ लाख ८७ हजार ५ सय ५८ कित्ता सेयर खरिदबिक्री भई २० करोड ८४ लाख ८६ हजार रुपैयाँबराबरको कारोबार भएको छ । यो कारोबार रकम सोमबारको तुलनामा केही बढी हो । सोमबार १९ करोड ५२ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।