बुधबार नेप्सेमा वर्गीकृत १० समूह परिसूचकमध्ये ९ समूह सूचकमा गिरावट आएपछि नेप्से ओरालो लागेको हो । व्यापार समूह कारोबार भएर पनि स्थिर देखिएको नेप्सेमा सबैभन्दा बढी बिमा समूह ४०.८८ अङ्कले झरेको छ ।
बुधबार पनि पुँजीबजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) ८.३४ अङ्कले घटेर १२१७.८४ अङ्कमा झरेको छ । कारोबार सुरु भएको करिब १ घण्टासम्म स्थिर देखिएको बजार परिसूचक त्यसपछि भने निरन्तर घट्न थालेको हो । बुधबार परिसूचकमा कमी आए पनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ ।
बुधबार ३ हजार ३ सय ३४ कारोबारबाट २५ लाख ९१ हजार ९ सय ९ कित्ता सेयर खरिदबिक्री भई २७ करोड ३८ लाख ३३ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । यो कारोबार रकम मङ्गलबारको तुलनामा बढी हो । मङ्गलबार पनि ८.९७ अङ्कले घटेको बजारमा कारोबार रकम भने २० करोड ८४ लाख ८६ हजार रुपैयाँमा सीमित भएको थियो । निरन्तर घट्दै आएको बजारमा सोमबार भने १.९२ अङ्कको झिनो सुधार देखिएको थियो ।
बुधबार नेप्सेमा वर्गीकृत १० समूह परिसूचकमध्ये ९ समूह सूचकमा गिरावट आएपछि नेप्से ओरालो लागेको हो । व्यापार समूह कारोबार भएर पनि स्थिर देखिएको नेप्सेमा सबैभन्दा बढी बिमा समूह ४०.८८ अङ्कले झरेको छ । बुधबार बैङ्किङ ६.४१, होटल ६.७८, विकास बैङ्क ७.१८, जलविद्युत् २०.७१, वित्त १.६९, उत्पादनमूलक तथा अन्य ३.६५, अन्य ७.९१ र लघुवित्त सूचक १०.११ अङ्कले घटेको छ ।
यस दिन ओम डेभलपमेन्ट बैङ्कको सबैभन्दा बढी ३ करोड ६१ लाख ७५ हजार ३ सय रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।