काराेबार रकम खस्किँदै बजार

कारोबार सुरु हुँदा बढ्ने सङ्केत गरेको बजार त्यसपछि घटेर नेप्से १२११.३४ अङ्कसम्म पुगेको थियो । बजारमा नेपाल बैङ्कर्स सङ्घले ब्याजदर नियन्त्रण गर्ने गरी भएको निर्णय सार्वजनिक भएसँगै बजार माथि चढे पनि धेरै समय टिक्न सकेन । १२२५ अङ्क नाघेको बजार डेढ बज्दासम्म घटेर १२१९ अङ्कमा आइपुग्यो । केवल ०.०५ प्रतिशतको नाम मात्रको वृद्धि भएर आजको बजारले १२१८.४६ अङ्कमा विश्राम लियो ।

बैङ्करहरुले निक्षेपको ब्याजदर नियन्त्रण गर्ने सहमति गरेसँगै पुँजीबजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दिउसो सवा १२ बजेदेखि एक बजेसम्म चमक थियो । मङ्गलबार र बुधबार घटेको बजारमा बिहीबार दिउँसो एकाएक वृद्धि सुरु भएको थियो ।

कारोबार सुरु हुँदा बढ्ने सङ्केत गरेको बजार त्यसपछि घटेर नेप्से १२११.३४ अङ्कसम्म पुगेको थियो । बजारमा नेपाल बैङ्कर्स सङ्घले ब्याजदर नियन्त्रण गर्ने गरी भएको निर्णय सार्वजनिक भएसँगै बजार माथि चढे पनि धेरै समय टिक्न सकेन । १२२५ अङ्क नाघेको बजार डेढ बज्दासम्म घटेर १२१९ अङ्कमा आइपुग्यो । केवल ०.०५ प्रतिशतको नाम मात्रको वृद्धि भएर आजको बजारले १२१८.४६ अङ्कमा विश्राम लियो ।

साताको अन्तिम दिन आज कुल तीन हजार ५१३ कारोबारबाट छ लाख २३ हजार २११ सेयर किनबेच भई जम्मा १९ करोड ६६ लाख १४ हजार १५२ रुपैयाँको कारोकार भयो । सबैभन्दा बढी नबिल बैङ्कका संस्थापक सेयर ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज बैङ्किङ समूहको ०.०३, जलविद्युतको ०.०४, फाइनान्सको ०.०९, बिमाको ०.१२ तथा अन्य समूहको १.०३ प्रतिशतले बढेका छन् भने बाँकी रहेका होटल ३.४, ट्रेडिङ १.४३, विकास बैङ्क ०.०७, लघुवित्त ०.४ तथा उत्पादन समूह ०.०१ प्रतिशतले घटेका छन् ।